शनिबार, बैशाख २५, २०७८

बुटवलमा कोरोना बाट तीन संक्रमितको मृत्यु

बुटवल : बुटवलको कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका तीन जना बिरामीको मृत्यु भएको छ। रामनगरस्थित बुटवल धागो कारखानामा रहेको अस्पतालमा उनीहरुको आइसियुमा उपचार भइरहेको थियो।

अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ निवासी ७९ वर्षीया महिला, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला र कपिलवस्तुको वाणगंगा नगरपालिका वडा नम्बर ३ का पुरुषको मृत्यु भएको हो।