शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

रावाबेसीमा सम्पन्न भलिबलको उपाधी डुम्रे धारापानी ए को पोल्टामा

रमन वन, खोटाङ ।
खोटाङको रावाबेसीमा सम्पन्न वडा स्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगीतको उपाधी डुम्रे धारापानी ए ले चुमेको छ । आज (आइतबार) सम्पन्न फाईनल खेलमा दुबेकोल ए लाई पराजित गर्दै डुम्रे धारापानी ए ले उपाधी चुमेको हो । उपाधी चुमेसँगै डुम्रेधारापानी ए ले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यस्तै उप–बिजेता दुबेकोल ए तृतिय डुम्रेधारापानी बि र सान्त्वना खार्पा बि ले क्रमश : नगद रु. ३३ हजार ३ सय ३३, १५ हजार ५ सय १५ र ८ हजार ८ सय ८८ रुपैँयाको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्राप्त गरेको रावाबेसी गाउँपालिकाका प्रवक्ता यज्ञनायण श्रेष्ठ (राजु) ले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नम्बर ६ हौँचुर स्थीत शारदा माध्यमिक बिद्यालयमा गत शुक्रबारबाट सुरु भएको उक्त प्रतियोगिताको सर्बोत्कृष्ट खेलाडी रचन गुरुङ, उत्कृष्ट स्पाईकर प्रदिप खड्का र अनुसासित खेलाडी दिवस राई घोषित हुनु भएको छ ।
सर्बोत्कृष्ट तथा उत्कृष्ट भएका खेलाडीहरुलाई नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।