शुक्रबार, अशोज १, २०७८

अर्घाखाँचीका लेखनाथ घिमिरेको “हिमाल पहाड तराई ” गीत सार्वजनिक (भिडियो सहित)

भक्तिराम घिमिरे, अर्घाखाँची
नयाँ वर्षको उपहार स्वरूप अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. १२ खल्याखार्क जन्म भई हाल कपिलवस्तु बस्दै अएका लेखनाथ घिमिरेको “हिमाल पहाड तराई ” बोलको पहिलो गीत सार्वजनिक भएको छ ।
हिमाल पहाड तराई गीतमा स्वर लेखनाथ घिमिरे, शान्ति श्री परीयार, दिनेश रन्जनको रहेको छ । अभिनयमा प्रदिप गिरी, शुती जोशी, सुमन थापा, श्रीजन मगर रहेका छन् । यस्तै गीत 1DB Hd रेकर्डिङ स्टूडियोबाट रेकर्ड भएको थियो । साथै उक्त गीतमा लेखनाथ घिमिरेकै शब्द रहेको छ । हिमाल पाहाड तराईलाई  दर्शक-स्रोताहरूले मन पराइ दिने अपेक्षा गरिएको छ ।
लिङ्क खोली पुरा भिडियो हेर्नुहोस् :
https://m.youtube.com/watch?v=t9YAMubf0H8&feature=share