शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सोलुखुम्बुका एक ब्यक्तीमाथी अज्ञात समुहद्धारा लुटपाट

रमन वन – सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका ५ का एक ब्यक्तीमाथी लुटपाट भएको छ । जुबुबाट खोटाङको बाकाचोल जानेक्र्रममा ४७ वर्षिय रामकाजी बस्नेतमाथी लुटपाट भएको हो।

शनिबार बिहान जुबुबाट खसीको पैसा पुर्याउन भनी हिँडेका ४७ वर्षिय रामकाजी बस्नेत ऐँसेलुखर्क गाउँपालिका २ बाकाचोलस्थित हर्कटे पुगेपछि अज्ञात समुहबाट लुटपाट भएको इलाका प्रहरी कार्यालय ऐँसेलुखर्कका प्रहरी निरिक्षक राजेन्द्र पौड्यलले सोलु एफ.एम.लाई जानकारी दिनुभयो ।

धारिलो हतियार सहित आएका ४ जनाको अज्ञात समूहले ३१ हजार ७ सय नगद लुट्नुका साथै उहाँलाई कुटपिट गरेको घाइते बस्नेतका भन्जा केसब कार्कीले बताउँनुभयो ।

अज्ञात ब्यक्तीहरुको प्रहरी चौकी सुकेपोखरी र ऐँसेलुखर्कबाट खटिएको प्रहरी टोलीबाट खोजतलास भइरहेको प्रहरीले जनाएको छ ।