बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

विराटनगरमा गरे छोराले बाबुको हत्या

विराटनगर : विराटनगर महानगरपालिका–८ बलुवाईमा शनिबार राति छोराले आफ्नै बाबुको हत्या गरेका छन्। मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार ५४ वर्षीय विको सहनी मुखियाको हत्या भएको हो। माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियाले बाबु विकोको हत्या गरेको जानकारी उनले दिए।

स्थानीय बासिन्दाका अनुसार विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे। राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेपछि रविले बन्द गर्न आग्रह गरेको विषयलाई लिएर बाबु र छोराबीच विवाद भएको थियो। विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ। यो समाचार कान्तिपुर  बाट लीएकोहो