आइतवार, बैशाख २६, २०७८

२ सय ४४ जनाले पाए समरमाथा आरोहणका लागि अनुमति

काठमाडौं । १० हिमाल आरोहण गर्न हिजाे शुक्रबार एकै दिन ३० जनाले अनुमति लिएका छन् । कुल ४ सय १९ जनाले अनुमति लिइसकेका छन्। त्यसमा पुरुष ३ सय २९ जना पुरुष र ९० महिला छन्। सन २०२१ का लागि लिइएको अनुमति हो।

पर्यटन विभागका अनुसार ३० जना आरोहीबाट २ करोड ६५ लाख ३७ हजार १ सय ३७ रोयल्टी संकलन भएको छ। कुल ३३ करोड ९९ लाख ५० हजार ४ सय ९६ रोयल्टी संकलन भइसकेको छ।

सगरमाथा आरोहण गर्न सबैभन्दा बढी २ सय ४४ ले अनुमति लिएका छन्। मुलुकभर सरकारले आरोहीका लागि ४ सय १४ वटा हिमाल खुला गरेको छ। याे समाचार थाहा खबरमा प्रकाशित छ ।