बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

भारतमा एकै दिन १ लाख ४४ हजारमा कोरोना संक्रमण पुष्टि

एजेन्सी । छिमेकी मुलुक भारतमा कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै संक्रमितको संख्या दिनहुँ उच्च संख्यामा बढिरहेको छ। पछिल्लो २४ घण्टामा मात्रै एक लाख ४४ हजार ८२९ जनामा संक्रमण पुष्टि भएको छ। सोही अवधिमा ७७३ जना संक्रमितको मृत्यु भएको छ।

मानिसहरुले मास्क, स्यानिटाइजरलगायतका सुरक्षाका सामग्रहीहरु प्रयोग नगर्दा संक्रमण दर ह्वात्तै बढिरहेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्।

यस्तै‚ भारतपछि पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै संक्रमण देखिएको मुलुकमा ब्राजिल दोस्रो नम्बरमा छ। त्यहाँ एकै दिन झण्डै ९० हजारभन्दा धेरैमा संक्रमण पुष्टि भएको छ। अमेरिकामा ८२ हजार ७०० जनामा संक्रमण पुष्टि भएको छ भने टर्कीमा ५५ हजार, फ्रान्समा ४१ हजार, पोल्याण्डमा २८ हजार र अर्जेन्टिनामा २४ हजार मानिसमा संक्रमण पुष्टि भएको छ।

विश्वभर पछिल्लो २४ घण्टामा मात्रै ७ लाख ७१ हजार संक्रमित थपिएका छन्। सोही अवधिमा विश्वभर १३ हजारभन्दा बढीको मृत्यु भएको छ। ब्रजिलमा ३ हजार ६४७, अमेरिकामा ८९७, भारतमा ७७३ र पोल्याण्डमा ७६८ जनाको मृत्यु भएको छ।

यस्तै‚ इटलीमा ७१८, मेक्सिकोमा ५४८ र युक्रेनमा ४१९ जनाले ज्यान गुमाएका छन्। विश्वभर हालसम्म १३ करोड ५२ लाख मानिसमा संक्रमण पुष्टि हुँदा २९ लाख २७ हजारको मृत्यु भएको छ भने १० करोड ८८ लाख मानिस संक्रमणमुक्त भएका छन्।