बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज नेपालमा रहेका गैंडाको संख्या सार्वजनिक गरिँदै

काठमाडौं । पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरू गरिएको गैंडा गणना कार्य सकिएसँगै आज दिउँसो संख्या सार्वजनिक गरिने भएको छ।

हिजो साँझ गैंडा गणना कार्य सकिएसँगै आज एक पत्रकार सम्मेलनमार्फत् गैंडाको संख्या सार्वजनिक गरिने चितवन राष्ट्रिय निकुञ्जका प्रमूख संरक्षण अधिकृत अणनाथ बरालले जानकारी दिए।

पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैंडा गणना थालिएको थियो। यसअघि गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो।

हरेक पाँच/पाँच वर्षमा गैंडा गणना गर्ने गरिन्छ। यसअघि सन् २०१५ मा गैंडा गणना गरिएको थियो। गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनका काम गरिने निकुञ्जले जनाएको छ।

पछिल्लो पटक सन् २०१५ मा गरिएको गणनामा नेपालमा कूल ६ सय ४५ वटा गैंडा भेटिएका थिए। तथ्यांकअनुसार चितवनमा ६ सय ५, बर्दियामा २९, शुक्लाफाँटामा ८ र पर्सामा तीनवटा गैंडा भेटिएका थिए।