शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

आज देशका विभिन्‍न स्थानमा पानी पर्ने

काठमाडौं । स्थानीय वायु र पश्चिमी वायुको प्रभावको कारण आज देशका विभिन्न स्थानमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

दिउँसो प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक÷दुई स्थानमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना बढेको हो।

महाशाखाका अनुसार आज बेलुकी काठमाडौं उपत्यकाका केही स्थानमा पनि मेघ गर्जन र चट्याङसहित पानी पर्नेछ।

राति देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया: सफा रहने छ।