आइतवार, बैशाख २६, २०७८

यशाेधरा गाउँपालिकामा १ दिने नि:शुल्क आखा शिविर सम्पन्न

कपिलवस्तु । जिल्लाकाे यशाेधरा गाउपालिकाकाे आयाेजना तथा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रमकाे सहयोगमा बैदाैली स्वास्थ चाैकीमा १ दिने नि: शुल्क आँखा शिविर सम्पन्न भएको छ ।

उक्त शिविरमा ३६१ जना विरामीलाई चेकजाच गरी १०९ जना विमारीलाई माेतीविन्दुकाे अपरेसनकाे लागि ताैलिहवा आँखा अस्पतालमा पठाइएको छ ।

विरामीहरु मध्ये यसोधरा गाउँपालिका लगायत छिमेकी राष्ट्र भारत महाराजगन्ज नगरपालिका, शुद्वाेधन गाउपालिका, कपिलवस्तु नगरपालिका र बुद्ध भुमि नगरपालिका भित्र आँखाकाे समस्या रहेको विरामीहरु रहेको थिए उक्त सिविमा पर्याप्त मात्रामा औषधी भएको हुनाले सेवाग्राही सन्तुष्ट भएको कुरा स्वास्थ इकाई प्रमुख विरेन्द्र कुमार मिश्राले जानकारी दिनु भयो ।