आइतवार, असार ६, २०७८

अर्घाखाँचीका हिरा बस्नेतको “मायाको बोली” गीत सार्वजनिक (भिडियो सहित)

सचिन बोहोरा, अर्घाखाँची ।

नयाँ वर्षको उपहार स्वरूप अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर २ सितापुरका हिरा बस्नेतको “मायाको बोली” बोलको गीत सार्वजनिक भएको छ ।

मायाको बोली गीतमा स्वर पूश्कल शर्मा, समिक्षा अधिकारी, सिमा क्षेत्रीको रहेको छ । भने उत्कृष्ट अभिनयमा अर्घाखाँचीका टिकटक स्टार सोनु रोयल, सारिका के.सी, जिया भूषाल, हिरा बस्नेत, उत्तर बहादुर बस्नेत, जिवन,किशू गूरूङ, सर्मिला बिक, करिश्मा आचार्य, निश्चल आचार्यको रहेको छ ।

यस्तै गीत मारुनी रेकर्डिङ स्टूडियोबाट रेकर्ड भएको थियो। साथै उक्त गीतमा पुष्कर शर्माको निर्देशन रहेको छ ।

मायाको बोलीलाई स्रोता- दर्शकहरुले मन पराइदिने अपेक्षा गरिएको छ ।

लिङ्क खोली भिडियो हेर्नुहोस् :