शनिबार, बैशाख २५, २०७८

विद्यालय समयमा धर्माेदय मावि ढुङ्गेसेराका विद्यार्थीहरु लाई श्रमदान गराईदै

सिद्धारा । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ ढुङ्गेसेरा स्थित धर्माेदय माध्यमिक विद्यालयका विद्यार्थीहरु श्रमदान गर्न बाध्य भएका छन् ।

ढुङ्गेसेरामा रहेको धर्माेदय माध्यमिक विद्यालयका विद्यार्थीहरु पाेशाकमै शौचालय निर्माणमा श्रम गर्न बाध्य भएका हुन् ।

विद्यालय संचालक समितीका अध्यक्ष गंगा बहादुर मरसाङ्गी र प्रधानध्यापक ईन्द्र बहादुर रजालीले कक्षा बन्द गराएर दिनभर शौचालय निर्माणका लागि काठ बोकाउँदै आएका विधार्थीहरुले बताए ।

सामाजिक संजालमा पोस्ट गरिएको भिडियोमा देखिए अनुसार विधार्थीहरुलाई दिनको चर्को घाममा वजन भएका काठ बोकाएको देखिन्छ । भने शौचालय निर्माणका लागि बजेट तथा स्थानियबासी पनि श्रमदान गरिरहेका छन् ।

बुधबार प्रधानध्यापककाे निर्देशनमा ४ शिक्षक विद्यालयमा नआएकाेले कक्षा खाली भएकाे समय भन्दै विद्यालयमा बन्दै गरेकाे शौचालयका लागि आवश्यक काठहरु बाेक्न लगाईएकाे शिक्षक खुमानन्द गैरेले बताए ।

उता शौचालयका लागि गाउँका स्थानिय १७० अभिभावकले श्रमदान गरिसक्दा पनि विद्यार्थीहरूको पठनपाठनकाे सयममा शौचालय निर्माणका काममा लगाउनु गलत भएकाे स्थानीय अभिभावक शाेव बहादुर विकले बताए ।

धर्माेदय माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर राम्रो नभएको भन्दै आलोचना भईरहेको सन्दर्भमा विद्यार्थीहरुलाई श्रममा लगाउनुले विद्यालय प्रशासनको फितलो व्यवस्थापन भएको बुझिएको छ ।

उता जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) अर्घाखाँची, शितगंगा नगरपालिका शिक्षा शाखाले विधार्थीहरुलाई श्रममा लगाउनु गलत भएको बताएका छन ।