शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

एकीकृत अखिल नेपाल शिक्षक संगठन शितगंगाद्वारा विभिन्न माग राख्दै नगरपालिकालाइ बुझायाे ज्ञापन पत्र

गणेश बेल्बासे संगम, शितगंगा ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन शितगंगा नगर कार्य समितिले नगरपालिकालाई अाज बुधाबार ज्ञापन पत्र बुुझाएको छ । लुम्बिनी प्रदेश अन्तरगतका १२ जिल्लाका सबै स्थानीय तहमा ज्ञापन पत्र बुझाउने कार्यक्रम अनुसार नगरपालिकाका नगर प्रमुख सुर्य प्रसाद अधिकारी र शिक्षा शाखाका प्रमुख नगेन्द्र नेपाललाइ पत्र बुुझाईएको हो ।

राष्ट्रिय ९ र स्थानीय ६ वटा गरि विभिन्न १५ बुदेँ माग राखिएको एकीकृत अखिल नेपाल शिक्षक संगठन शितगंगाका अध्यक्ष धर्मराज खनालले जानकारी दिनुभयो । ज्ञापन पत्रमा शिक्षामा २० प्रतिशत भन्दा बढी बजेट विनियाेजन गर्नु पर्ने, राज्यले घाेषणा गरेकाे तहसम्मकाे शिक्षा अनिवार्य  र निशुल्क पुर्ण रूपमा कार्यान्वयन गर्नु पर्ने, तहगत र विषयगत दरबन्दिकाे व्यवस्था गर्नु पर्ने, नेपाल शिक्षक महासंघ र नेपाल सरकारबीच गरिएका सम्झौता तुरुन्त लागू गर्नु पर्ने, वालविकास शिक्षक र विद्यालय कर्मचारीहरुका माग अविलम्ब पूरा गर्नु पर्ने, लगायतका राष्ट्रिय माग सहित स्थानिय मागहरू राखेका छन् ।

संगठनका जिल्ला काेषाध्यक्ष तथा नगर इन्चार्ज नवराज न्याैपाने, राहत विभागकाे नगर संयाेजक, राहत विभागकाे जिल्ला कमिटी उपाध्यक्ष विष्णु खनाल, जिल्ला संगठन सदस्य भेषराज बेल्बासे लगाएतका प्रतिनिधिमुलक पदाधिकारी तथा सदस्यहरु र संगठनमा आवद्ध सदस्यहरु नगरपालिकाको कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन् ।

तलकाे प्रेस विज्ञप्ति पढ्रनुहाेस्ः