बुधबार, चैत्र २५, २०७७

देशलाई निकास दिने पार्टी नेपाली कांग्रेस मात्र हाे : सभापति देउवा

file picture

झापा । देशलाई निकाश दिने पार्टी नेपाली कांग्रेस रहेको कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बताएका छन् ।

शहीद यामबहादुर आचार्यको शालिक अनावरण गर्न झापा पुगेका सभापति देउवाले मंगलबार सो कुरा बताएका हुन् । कार्यक्रममा बोल्दै सभापति देउवाले शहीद आचार्यले पार्टीलाई पु¥याएको योगदान अतुलनीय रहेको बताउदैं कांग्रेसले सँधै कदर गर्दै अघि बढ्ने बताए ।

 

अहिले कम्युनिष्ट सरकारमा रहेका एमालेको दुवै पक्ष तथा माओवादी केन्द्रका अध्यक्ष तथा शीर्ष नेताहरूले सरकार चलाउन आफूलाई आग्रह गरिरहेको भएतापनि आफूले नअताली सबै मिलाएर मात्र सरकारमा जाने बताए ।