शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीमा पत्रकार महासंघको चुनावी सरगर्मी

अर्घाखाँची । जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनको लागि विभिन्न सङ्गठनले उम्मेदवारी दर्ता गराएपछि पत्रकारलाई यति बेला चुनावी चुनावी सरगर्मी बढेकाे छ ।
राजनीतिक चुनावमा रातदिन नभनी रिपोर्टिङमा रहने पत्रकार आजभोलि आफै चुनावमा होमिएका छन् । पत्रकार महासंघको चैत २५ गते हुने चुनावका लागि उम्मेदवार बनेकाहरू मत माग्न व्यस्त छन् ।
जिल्लामा नेपाल पत्रकार महासंघको २६ औँ महाधिवेशनको निर्वाचनको लागि प्रेस चौतारी नेपाल एक्लै भिड्दै छ । भने नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रगतिशील पत्रकार संघ, प्रेश चौतारी, (माधब समुह) जन पत्रकार संघ, प्रेश मंच नेपाल लगायतका सङ्गठनले संयुक्त रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।
अर्घाखाँचीका पत्रकारहरुले विभिन्न माध्यमबाट मतदातालाई आफ्नो पक्षमा मतदान गर्न अपिल गरिरहेका छन् । उम्मेदवार बनेकाहरू मात्रै होइन उम्मेदवारलाई समर्थन गर्नेहरू समेत मत माग्न व्यस्त छन् । पत्रकार मुद्दादेखि पत्रकारितामा सुधारसम्मका एजेन्डा उनीहरूसँग छन् । प्रेस स्वतन्त्रता र श्रमजीवी पत्रकारका विषय अहिले एजेन्डा बनेका छन् ।