बुधबार, बैशाख १, २०७८

पछिल्लो २४ घण्टामा मुलुकमा २६६ जना संक्रमित थपिए, ४ जनाको मृत्यु

काठमाडौं । मुलुकमा थप २ सय ६६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ५३६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा २ सय ६६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७८ हजार २१० पुगेको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा ४ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३६ पुगेको छ । याे समाचार न्युज २४ नेपालमा प्रकाशित छ ।