बुधबार, बैशाख १, २०७८

पूर्वराजा ज्ञानेन्द्र र पूर्वरानी कोमल भारतको हरिद्वारमा लाग्ने महाकुम्भ मेलामा सहभागी हुने

file picture

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले तथा पूर्वरानी कोमल राज्यलक्ष्मी देवी शाह भारतको हरिद्वारमा संचालित महाकुम्भ मेलामा सहभागी हुनुहुने भएको छ ।

 

उहाँहरु यही २६ गते भारततर्फ लाग्ने उहाँको सचिवालयले जनाएको छ । महाकुम्भ मेलामा सरिक हुनका लागि उहाँहरुलाई आयोजक विशेष समितिले नै निमन्त्रणा गरेका कारण उहाँहरु त्यसतर्फ जान लाग्नु भएको बताइएको छ ।