बुधबार, बैशाख १, २०७८

ग्यास लिक भई आगलागी हुँदा सोलुखुम्बुमा दुई घर जल्यो

रमन वन, राताे प्रेस ।
सोलुखुम्बुः सोलुखुम्बुको लिखुपिके गाउँपालिका ५ किन्जामा ग्यास लिक भएर आगलागी हुँदा दुई घर जलेर नष्ट भएको छ। आज सोमबार विहान ग्यास जोड्ने क्रममा लिक भई आगलागी हुँदा स्थानीय लाक्पा शेर्पा र मनकुमारी प्रधानको घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
आगलागीबाट ४७ लाख २० हजार बराबरको क्षति भएको प्रहरीको अनुमान छ । लाक्पा शेर्पाको ढुंगा, माटोले बनेको टिनको छानो भएको घर सहित भित्र रहेका अन्नपात, लत्ताकपडा, कागजपत्र, नगद नौ हजार र पाँच तोला सुन गरि अन्दाजी ४ लाख २० हजार बराबरको क्षति भएको प्रहरी निरिक्षक मन्दिप चौहानले जानकारी दिनुभयो । उहाँका अनुसार मनकुमरी प्रधानको ढुंगा, माटो र टिनको छानो भएको दुई तले भुकम्प प्रतिरोधी घर र सोहि घरमा पसल ब्यवसाय गरि बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका १ का नवराज बस्नेतको पसलमा रहेको खाद्यन्न, भाडापर्वन, एक तोला सुन र नगद सात लाख रुपैया जलेर नष्ट हुँदा ४३ लाख बराबरको क्षति भएको छ ।
आगो प्रहरी र स्थानियबासीको सहयोगमा करिब साडे दुई घण्टा पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।