बुधबार, चैत्र २५, २०७७

अर्घाखाँचीको बोक्सेचोरमा ट्याक्टर दुर्घटना

विक्रम आचार्य, शितगंगा ।

अर्घाखाँचीको शितगंगा न.पा. ६ बोक्सेचोरमा ट्याक्टर दुर्घटना भएको छ । ईलाका प्रहरी कार्यालय सिद्धाराको अनुसार ट्याक्टरमा सवार ६ जना घाईते भएका छन ।

हिजो आईतबार राती करिब ८ बजे दाङबाट बसाई सराईका सामाग्री सहित आउँदै गरेकाे लु ३ त २६५ नम्बरकाे ट्याक्टर अनियन्त्रित भइ दुर्घटनामा परेको थियो । बाटाेदेखि करिब ५० मिटर तल खसेकाे थियाे । दुर्घटनामा घाइतेहरू लाइ उपचारको लागि स्थानिय र केही गम्भिर अवस्थाका घाइतेलाइ लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाइएकाे छ ।

दुर्घटनामा परेकाहरू लाइ स्थानिय तथा प्रहरीद्वारा उद्धार गरीएकाे थियाे ।