बुधबार, बैशाख १, २०७८

रंगशाला निर्माणकोलागि बुद्धभुमि र बाणगंगामा लाखौँ सहयोग जुट्यो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिकाको डुमरा बस्ने राजेन्द्र आचार्य र उहाँको परिवारले चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण अभियानको लागि १ लाख ५ हजार रुपैयाँ सहयोग गरेका छन् ।

रंगशाला निर्माणको लागी रकम अभाव भएपछि चैत्र १० गते देखि मेचि-महाकाली अभियानमा हिडेको टोली अहिले कपिलवस्तुमा छ । सोही क्रममा आइतबार सो परिवारले फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसलाई सो रकम हस्तान्तरण गरिएको हो ।

चितवनस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको लागि भन्दै बाणगंगा २ पिपरामा रहेको हिलवर्ट इङलिस बोर्डिङ स्कुलले ५१ हजार बढी सहयोग गरेको छ ।

चितवनमा निर्माणधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय कृकेट रंगशाला निर्माणका लागि आबश्यक रकम जुटाउन मेचीमहाकाली अभियान मा जुटेको धुर्मुस सुन्तली फाउन्डेसनको टिम आज बिहान ८:३० बजे शिवराज नगरपालिका चन्द्रौटा कपिलवस्तुमा आउने कार्यक्रम तय भएको छ ।