बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

जन्मदिनको अवसरमा कमल पोख्रेलद्वारा क्रिकेट रंगशाला निर्माणका लागि सहयोग

गणेश बेल्बासे संगम, कपिलवस्तु ।

चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि देश तथा विदेशबाट सहयोग आउने क्रम जारी छ । यसैबीच जनस्तरबाट निर्माण भइरहेको यो रंगशालाका लागि कपिलवस्तु निवासी हाल दक्षिण कोरीयामा रहेका कमल पोख्रेलले २० हजार रुपैयाँ सहयोग गरेका छन । पोख्रेलले आफ्नो जन्मदिनको अवसर पारी सहयोग गरेका हुन । अभियानमा जोडिएकोमा भन्दै फाउण्डेशनले धन्यवाद दिएको छ ।

अन्तर्राष्ट्रियस्तरको २५ हजार दर्शक क्षमताको निर्माणाधिन क्रिकेट रंगशालाको अतिरिक्त यो परिसरभित्र दुईवटा अत्याधुनिक क्रिकेट अभ्यास मैदान, फुटबल मैदान, बहुउद्देश्यीय कभर्डहल, पौडी पोखरी, ब्याडमिन्टन, टेनिस कोर्ट पनि बन्नेछन् । क्रिकेट रंगशालाको परिधि ४ सय ७१ मिटरको छ । केन्द्र भागबाट ७५ मिटरको हुनेछ । रंगशालामा सातवटा पिच बन्नेछन् ।

कृषि तथा वन विश्वविद्यालयले २० विघा ६ कट्ठा क्षेत्रफल जग्गा फाउन्डेसनलाई उपलब्ध गराएपछि माघ १६ मा काठमाडौंमा रंगशाला निर्माणको घोषणा भएको थियो ।

क्रिकेट रंगशाला राष्ट्रिय आवश्यकता नै हो भन्ने बुझेर निर्माण सुरु गरेको फाउन्डेसनले अहिले मेची महाकाली अभियानमा जुटेको छ ।

आज सोमबार बिहान कपिलवस्तुको चन्द्रौटा बजारमा आउने कार्यक्रम रहेको छ ।