शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

पछिल्लो २४ घण्टामा नेपालमा १७६ जना संक्रमित थपिए

काठमाडौं । मुलुकमा थप १ सय ७६ जनामा कोरोना भाइरस कोभिड–१९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ४५६ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ सय ७६ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट १ सय १७ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७३ हजार २४० पुगेको छ ।