शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

सिद्धारामा माओवादी केन्द्रको सम्पर्क कार्यलय उदघाटन

रातोप्रेस, सिद्धारा ।

नेपाल कमन्युष्ट पार्टी (माओवादी केन्द्र) ले शितगंगा नगरपालिकाको वडा नं. ९ मा पार्टीको वडा सम्पर्क कार्यलय उदघाटन गरेको छ ।

चुमान सिंह परियारको अध्यक्षता, पार्टी जिल्ला सदस्य टीका रेश्मी, जिल्ला सदस्य विष्णु परियार (गोकुल), सोही वडाको सदस्य पवित्रा परियार, दिल कुमार विक, चोपलाल कुँवर, बसन्त रोका लगायत सिद्धाराका सकृय कार्यकर्ताको उपस्थितमा शनिबार एक कार्यक्रमको आयोजना गरि सिद्धाराको लौरीमा वडा सम्पर्क कार्यलय उदघाटन गरेको हो ।

साथै उक्त कायक्रममा सुनिता विकको अध्यक्षतामा अखिल नेपाल महिला संघ क्रान्तिकारी, प्रकाश विकको अध्यक्षतामा योङ्ग कम्युनिष्ट लिग (वाइसिएल), मान वहादुर विकको अध्यक्षतामा नेपाल दलित मुक्ति मोर्चाको वडास्तरीय कमिटीको गठन गरेकाे छ ।

कार्यक्रममा बोल्दै स्थानीय जनताहरुले माओवादी केन्द्रबाट चुनाव जितेकाहरु अहिले अन्य पार्टीमा पवेश गरेर माओवादी केन्द्रलाई नै तथानामी गाली गर्दै हिड्नेहरुलाई छिटोभन्दा छिटो कार्वाही गर्नु पर्ने धारणा राखेका थिए । कार्यक्रम गाेविन्द रसाइलीकाे सञ्चालनमा भएको थियाे ।