मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

माओवादी केन्द्रको भातृ संगठन वाइसीएल अर्घाखाँचीकाे बिस्तारित बैठक सम्पन्न

सन्धिखर्क । नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिस्ट लीग, नेपाल (वाइसीएल) अर्घाखाँचीकाे बिस्तारित बैठक सन्धिखर्कमा सम्पन्न भएको छ ।
सन्धिखर्कमा शनिबार माओवादी केन्द्र लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा जिल्ला संयोजक ठाकुर कुमार विकको प्रमुख अतिथिमा बिस्तारित बैठक वाइसीएलको पहिलो बिस्तारित बैठक सम्पन्न भएको हो ।
सर्वोच्च अदालतले तत्कालिन माओवादी केन्द्र र एमालेबीच एकीकरण भएर बनेको नेकपालाई अवैधानिक ठहर गरेपछि अर्घाखाँचीमा माओवादीले पनि आफ्नो पुरानो लडाकु संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल) ब्युताएको छ ।  कार्यक्रममा विकले एमालेमा लागेका टोपबहादुर बहादुर रायमाझीलाई पदमा पुग्ने स्वार्थले शहीदको रगतको मुल्य विर्षिएको र उनले आगामी निर्वाचनमा त्यसको परिणाम भोग्ने बताए ।
बैठकमा वाईसीएलका जिल्ला संयोजक अर्घाखाँचीका प्रकाश खनाल, जिल्ला सदस्य कृष्ण हरी भुसाल, एकीकृत शिक्षक संघठनका उपाध्यक्ष मान बहादुर पान्डे, प्रदेश सदस्य  कुमारी छम कुमारी लगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रम प्रकाश खनालको अदक्ष्यता, भुपाल सारुको संचालनमा सम्पन्न भएको थियो ।  साथै बैठकले सदस्य थप्ने निर्णय गरेको छ ।