बिहिबार, चैत्र २६, २०७७

प्रधानमन्त्रीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने काँग्रेस केन्द्रीय समितिकाे निर्णय

काठमाडौं। नेपाली काँग्रेसले सरकारको नेतृत्वका लागि अघि बढ्ने निर्णय गरेको छ । शुक्रबार बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै सरकारको नेतृत्व गर्न अघि बढ्ने निर्णय गरेको हो ।सभापति शेरबहादुर देउवा नेतृत्वका लागि बढ्न नमानिरहेको अवस्थामा केन्द्रीय समिति बैठकले सरकारको नेतृत्व काँग्रेस अघि बढ्नु पर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नेपाली काँग्रेसले ओलीइतर समीकरणबाट सरकारको नेतृत्व लिन माओवादी केन्द्र र जनता समाजवादी पार्टीको साथ हुनुपर्ने देखिन्छ । तर जसपाले पनि सरकारको नेतृत्वको दाबी गर्दै आएको छ । याे समाचार न्युज २४ नेपालमा प्रकाशित छ ।