शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

पुर्व प्रधानमन्त्रि प्रचण्ड आज कपिलवस्तु जिल्लामा आउदै

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टि(माओवादी केन्द) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शनिबार कपिलवस्तु आउनुहुने भएको छ ।

प्रचण्डले शनिबार जिल्लाको तौलिहवामा पार्टिका कार्यकतालाई प्रशिक्षण गर्ने कार्यक्रम रहेको पार्टिका स्थायी कमिटि सदस्य चक्रपाणी खनाल (बलदेव) ले बताउनु भयो ।

अध्यक्ष प्रचण्डलले पछिल्लो राजनैतिक घटना क्रम र अबको राजनितिक कार्यदिशाका बारेमा कार्यकर्तालाई अध्यक्ष प्रशिक्षण दिने खनालले जानकारी दिनु भयो । साथै पार्टि प्रवेश कार्यक्रम समेत रहेको उहाँले बताउनु भयो ।

प्रचण्डले शनिबार तौलिहवामा रहेको तौलेश्वरनाथ सस्कृत मा.वि. मा कार्यकर्ता प्रशिक्षणसंगै ठूलो संख्यामा नेपाल कम्युनिष्ट पार्टि (माओवादी केन्द) मा प्रवेश गराउने कार्यक्रम रहेको कपिलवस्तुका संयोजक विष्णु शाहले बताउनु भयो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको पनि शाहले जानकारी दिनु भयो ।