शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शम्भु आविको शिक्षक अभिभावक संघ गठन, अध्यक्षमा बालम आले सर्वसम्मत निर्वाचित

रातो प्रेस डटकम, सिद्धारा ।

अर्घाखाँचीको शितगंगा–११ मा रहेको शम्भु आधारभूत विद्यालयमा शिक्षक अभिभावक संघ गठन गरिएको छ ।

भेलाले शिक्षक अभिभावक संघको अध्यक्षमा बालम न्युटन आलेको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरेको हो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक कुँवरको अध्यक्षतामा संचालन भएको भेलाले सर्वसम्मत रूपमा समिति गठन गरेको छ । जसमा पदेन सदस्यमा वि.व्य.स. अध्यक्ष दिपक कुँवर, शिक्षक प्रतिनिधिमा गणेश बेल्बासे संगम, सदस्य सचिवमा विद्यालयका प्रधानाध्यापक टेकलाल शर्मा रहेका छन् । सदस्यमा गोविन्द पल्ली, प्रकाश पल्ली, हुमकला काउछा, पृथ्वी गाहा, कल्पना कुँवर रहेका छन् ।

लामो समयदेखि गठन हुन नसकेको शिक्षक अभिभावक संघ आज सम्पन्न भएको छ । नयाँ पदाधिकारीहरू लाई अबिरले सम्मान गरिएको थियो ।