बिहिबार, चैत्र २६, २०७७

शितगंगा -११ मा दुई विद्यालय सहित एक स्वास्थ्य केन्द्रमा सोलार जडान

गणेश बेल्बासे संगम, अर्घाखाँची ।

शितगंगा नगरपालिका वडा नं. ११ का दुइ विद्यालय सहित एक स्वास्थ्य केन्द्रमा एकै साथ निःशुल्क सोलार जडान गरिएको छ । वैकल्पिक उर्जा प्रबर्द्धन केन्द्रको संस्थागत सौर्य उर्जा अनुदान कार्यक्रम अन्तरगत निःशुल्क सोलार जडान गरिएको हो ।

गत वर्ष पनि दुम्सी आधारभूत विद्यालय ढोडेनी, शम्भु आधारभूत विद्यालय खयरभट्टी, सामुदायिक स्वास्थ केन्द्र खयरभट्टी र वडा नं. ११ को कार्यालयमा एक/एक किलाे वाट क्षमताको सोलार जडान गरिएकाे थियाे । साेलार जडानमा वडा नं. ११ का वडा अध्यक्ष कपिल आलेको विशेष पहल रहँदै अाएकाे छ ।

साेही कार्यक्रम मार्फत यस वर्षपनि धर्माेदय माध्यमिक विद्यालय ढुङ्गेसेरा, बुद्ध आधारभूत विद्यालय लुङग्री र ढुङ्गेसेरा सामुदायिक स्वास्थ्य केन्द्रमा जडान गरीएकाे छ । सोलार जडान पछि विद्यालयका अभिभावक, शिक्षक तथा विद्यार्थीहरू खुसी भएका छ्न । यसै गरी अन्य विद्यालय तथा संस्थाहरुमा पनि क्रमश जडान गर्न पहल गरिने वडा अध्यक्ष कपिल आलेले बताए ।

त्यसै बुद्ध आधारभूत विद्यालयका प्रधानाध्यापक पाेम नारायण बेल्बासेले विद्यालयहरूमा सोलार जडान पछि कम्प्युटर कक्षा, कागजात प्रिन्ट तथा फाेटाेकपि, विद्युतीय हाजिरी मेशिन तथा ईन्टरनेट संचालनमा सहज हुने बताए ।

त्यस्तै धर्माेदय माध्यमिक विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर रजालीले विद्युत नभएका क्षेत्रमा पनि साेलारले विद्युतीय सामाग्री संचालन गर्न सकिने बताए ।

विद्यालमा साेलार जडानपछि शिक्षण कृयाकलापमा सहयाेग हुने अाशा लिइएकाे छ भने स्वास्थ्य केन्द्रमा सोलार जडान पछि बिरामीको स्वास्थ्य परीक्षणमा सहयोग पुग्ने आशा छ । सोलार जडान पछि विद्युतीय उपकरणको प्रभावकारी र भरपर्दो स्राेत हाे । साेलार जडानसँगै वडाले सबै विद्यालयलाइ कम्प्युटर वितरण गरेकाे छ । जसमध्ये शम्भु आधारभूत विद्यालय र दुम्सी आधारभूत विद्यालयलाइ प्रिन्टर र प्राेजेक्टर समेत प्रदान गरेकाे छ । अर्काेतर्फ प्रत्येक विद्यालयमा साेलार जडान गरी विद्यालयहरू लाइ प्रविधिमैत्रि बनाउन वडा अध्यक्ष अालेकाे विशेष पहल रहि अाएकाे छ ।