शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

एउटै कोठामा तिनवटा कक्षाको पढाइ एकैसाथ, मर्मतका लागि वडाबाट आश्वासन

भक्तिराम घिमिरे, सिद्धारा ।

अर्घाखाँचीको एक विद्यालयमा भवन अभावका कारण एउटै कोठामा तिनवटा कक्षा एकै समय संचालन हुँदै आएका छन । शितगंगा नगरपालिका वडा नं. ११ खयरभट्टीको शम्भु आधारभूत विद्यालयमा एउटै कोठाभित्र तिनवटा कक्षाका विद्यार्थीलाई एकै समय पढाउने गरेका छन्।

विद्यालयको पुरानो २ कोठे भवन जाेखिम भएपछि कक्षाकोठाको अभावमा एउटै कोठाभित्र तिनवटा कक्षा संचालन गर्नु परेको हो। बालशिक्षा, कक्षा १ र २ को पढाई विगत १ महिनादेखि एउटै कोठामा एकै समयमा हुने गरेको छ । एकै कोठामा तिनवटा कक्षाका विद्यार्थीलाई बसाएर शिक्षकले पढाउने गर्दछन । शम्भु आधारभूत विद्यालय वडाकाे लिडर र नमुना विद्यालयकाे रूपमा समेत छनाैट भएकाे विद्यालय हाे ।

कक्षाका विद्यार्थी र शिक्षकलाई पढ्न र पढाउन निकै अप्ठ्यारो हुने गरेको शिक्षक गणेश बेल्बासेले बताए । कक्षाकोठामा आवाज गुञ्जिएर पढाउनै मुस्किल भएको उनले बताए । जेनतेन विद्यार्थीलाई घेरेर मात्र राख्नुपर्ने हुँदा पढाउने वातावरण नरहेको अर्का शिक्षक पदम बहादुर थामी बताउँछन्। सानो कक्षाका विद्यार्थीलाई राम्ररी पढाउन सकिएन् भने उनीहरुको जगनै कमजोर हुन्छ। त्यसैले भवनको समस्या चाँडो समाधान होस् भन्ने इच्छा रहेकाे उनकाे भनाइ छ।

बालविकास देखि कक्षा पाँचसम्म पढाइ भएकाे त्यस विद्यालयमा हाल २ वटा भवन रहेका छन । भवनकाे अभावमा काेठालाइ पाटेशन गरी कक्षा संचालन गरीएकाे छ । पाटेशन गरीएकाे काेठाहरू मध्ये एउटा काेठाकाे गाराे कुनै पनि बेला ढल्न सक्ने अवस्थामा छ, सोही कारणले बालबालिकालाई त्यसमा नराखी एउटै कोठामा तिनवटासम्म कक्षा संचालन गर्न बाध्य भएकाे प्रधानाध्यापक टेकलाल शर्माले भने । वि.सं. २०७२ सालकाे भूकम्पले पुरानो भवन जीर्ण बनाएपछि पठनपाठनमा समस्या भएको भन्दै मर्मतकाे लागि वडा कार्यालयकाे ध्यानार्कषण गरेकाे बताए प्रअ शर्माले बताए। जनप्रतिनिधीबाट कक्षाकाेठा मर्मतका लागि सहयाेगकाे आश्वासन पाएको उनले बताए।

शितगंगा नगरपालिका वडा नं. ११ का अध्यक्ष कपिल अालेले विद्यालय मर्मतका लागि वडाबाट गर्न सकिने सहयाेग रहने बताएका छन । वडा भित्रका सबै सामुदायिक विद्यालयको अवस्था सुधार गर्न वडाबाट सहयाेग गर्ने अध्यक्ष अालेकाे भनाइ छ ।

याे वडा शिक्षा क्षेत्रमा सबै भन्दा बढी याेजना समेत छुट्याउने वडा समेत रहेकाे छ । यस अघिका कार्यक्रममा वडाले सबै विद्यालयलाइ कम्प्युटर प्रदान गरी सकेकाे छ । त्यस्तै शम्भु आधारभूत विद्यालय र दुम्सी आधारभूत विद्यालयलाइ प्रिन्टर र प्राेजेक्टर समेत प्रदान गरेकाे छ । त्यस्तै जंगफुड निषेधकाे लागि टिफिन बक्स पनि वितरण गरेकाे छ । अर्काेतर्फ प्रत्येक विद्यालयमा साेलार जडान गरी विद्यालयहरू लाइ प्रविधिमैत्रि बनाउन वडा अध्यक्ष अालेकाे विशेष पहल रहि अाएकाे छ । शम्भु आधारभूत विद्यालय, दुम्सी आधारभूत विद्यालय, धर्माेदय माध्यमिक विद्यालय र बुद्ध आधारभूत विद्यालयमा साेलार जडान भइ सकेकाे छ । त्यस्तै अरू विद्यालमा पनि पहल भइरहेकाे वडा अध्यक्ष कपिल अालेले राताे प्रेसलाइ बताएका छन ।