बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

आजको मौसमः देशभरका अधिकांश क्षेत्रमा बदली

file picture

काठमाडौँ । देशका अधिकांश क्षेत्रको मौसम सोमबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेकाले मौसम प्रभावित भएको हो ।

अहिले देशको पश्चिमी पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदलीको अवस्था छ । अरु क्षेत्रको मौसम सामान्यतया सफा रहेको छ ।

आइतबार दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रमा आंशिक बदली हुने मौसमविदले बताएका छन् ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश १ लगायत देशको पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहने छ ।

पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।