बिहिबार, चैत्र २६, २०७७

ब्राजिलमा कोभिड १९ बाट एकै दिनमा तीन हजारभन्दा बढीको मृत्यु

एजेन्सी। ब्राजिलमा शनिबार मात्र कोरोना भाइरसको सङ्क्रमणबाट तीन हजारभन्दा बढीको मृत्यु भएको छ ।ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार शनिबार मात्र यहाँका ३ हजार ४३८ जना नागरिकको कोभिडको सङ्क्रमणबाट नै ज्यान गएको छ ।

ब्राजिलमा कोरोना महामारीका विरुद्धमा भएको तयारीस्वरुप पछिल्लो समयमा अस्पतालमा सेवा बढाइएको तथा खोपहरुको विस्तार गरिएको बताइए पनि मृत्यु हुनेको संख्या भने बढिरहेको छ ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले शनिबार मात्र यति धेरै नागरिकको मृत्यु भएको जनाएको छ । योसँगै पछिल्लो समयमा ब्राजिलमा कोभिड १९ को सङ्क्रमण डरलाग्दो गरी बढेको पाइएको पनि सो मन्त्रालयले जनाएको हो ।

गएको शुक्रबार ३ हजार ६५० जनाको यो सङ्क्रमणबाट ज्यान गएको थियो । यो संख्या ब्राजिलमा कोभिड १९को महामारी शुरु भएको गत वर्षको फेब्रुअरी महिनापछिकै यो संख्या सबेभन्दा बढी हो । याे समाचार न्युज २४ नेपालमा प्रकाशित छ ।