बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

शिवराज ११ मा वडा अध्यक्ष कप क्रिकेट प्रतियोगीता सम्पन्न

शारदा केसी, कपिलवस्तु । 

वडा अध्यक्ष कप क्रिकेट प्रतियाेगिता आज सकिएकाे छ । शिवराज नगरपालिका वडा न. ११ जामुनबगियामा चैत ८ गते देखि सुरू भएकाे खेल आज सकिएको हो ।

शिवराज नगरपालिका वडा नं.११ काे आयोजना तथा सहयोगमा संचालन भएको खेलमा वडा न. ११ भित्रका १० वटा टिम दर्ता भएका थिए ।

चैत ८ गते पहिलाे दिन नयाँबस्ति र सडवा बिच खेल भएकाे थियाे । जस्मा नयावस्तिले त्याे दिनकाे जित हात पार्न सफल भएकाे थियाे । दाेस्राे दिन चैत ९ गते जामुनबगिया र बडकि थुन्हिया बिच खेल भएकाे थियाे । जस्मा जामुनबगियाले त्याे दिनकाे जित हात पार्न सफल भएकाे थियाे । साेहि दिन नै भएकाे खेलमा भदाैखर र कक्रहवा बिच खेल भएकाे थियाे ।

जसमा भदाैखरले त्याे दिनकाे जित हात पार्न सफल भयाे । तेस्रो दिन चैत १० गते मरजातपुर र जामुनबगिया (बि) बिच खेल भएकाे थियाे । जस्मा मरजातपुरले त्याे दिनकाे जित हात पार्न सफल भएकाे थियाे । साेहि दिन छाेटकि थुन्हिया र मैटहवा बिच खेल भएकाे थियाे । जसमा छाेटकी थुन्हियाले त्याे दिनकाे जित हात पार्न सफल भएकाे थियाे ।

क्वाटर फाईनल खेल चैत ११ गते जामुनबगिया र छाेट्कि थुन्हिया बिच भएकाे थियाे । जस्मा सेमिफाइनलमा जान सफल जामुनबगिया भयाे, भदाैखर र नयावस्ति बिच खेल हुदा भदाैखर सेमिफाइनलमा जान सफल भएकाे थियाे । चैत १२ गते सेमिफाइनलमा जामुनबगिया र मरजातपुर बिच खेल हुदा फाइनलमा जान सफल जामुनबगिया भयाे भनी भदाैखर सेमिफाइनलमा बाई परेर फाईनलमा जान सफल भएकाे थियाे ।

चैत १३ गते जामुनबगिया र भदाैखर बिच भएकाे फाईनल खेलमा जामुनबगिया प्रथम हुन सफल भएकाे छ भनी भदाैखर दाेस्राे हुन सफल भएकाे छ । फाईनल राउन्डकाे म्यानअफ् द म्याच हुन सफल जामुनबगियम टिमका खेलाडी सागर आचार्य हुनु भएकाे छ । कार्यक्रममा बाेल्दै ज्ञानाेदयका प्रअ लक्ष्मण रायमाझीले स्कुलकाे पाठ्यक्रममा समेत खेलकुद रहेकाे हुनाले खेललाई अझै प्रभावकारी बनाउनु पर्नेमा जाेड दिनु भएकाे छ । साथै आफू स्वास्थ रहन समेत खेलकुदले महत्त्वपूर्ण भुमिका खेल्ने हुनाले खेलकुदलाई निरन्तरता दिन आग्रह गर्नु भयाे ।

पछिल्लाे समय पप् जि र फ्रि फाएरमा रमाउन थालेका नयाँ युवापुस्ताहरूकाे क्रिकेटमा सक्रिय सहभागीता देख्दा खुसि लागेकाे युवा नेता अजय थापाले बताउनु भयाे । क्रिकेट मात्र नभएर अन्य खेलकुलकाे समेत आयोजना गर्न र गराउन समेत वडा अध्यक्षलाई आग्रह गर्नु भएकमे छ । फाईनल गेमका प्रथम र दाेस्राे लाई वडा अध्यक्ष राम्यश्वर वर्मा,युवा नेता अजय थापा,ज्ञानाेदयका प्रअ लक्ष्मण राय,रामप्रित मिश्राले प्रथमलाई रू १० हजार नगद सहित मेडल, कप, द्रितियलाई नगर रू ५ हजार सहित मेडल कप बितरणा गर्नु भएकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै शिवराज नगरपालिका वडा न ११ का वडा अध्यक्ष राम्यश्वर बर्माले याे क्रिकेट कप खेल संचालन बाट आफू खुसि भएकाे बताउनु भयाे साथै उहाले आगामी दिनम वडा वाट हुने हरेक खेलकुदका कार्यक्रम देखि लिएर अन्य याेजनामा समेत जामुनबथियालाई अवसर दिने बताउनु भएकाे छ । शिवराज नगरपालिकाका वडा अध्यक्ष राम्यश्वर प्रसाद बर्मा काे प्रमुख आतिथ्यतामा संचालन भएकाे समापन कार्यक्रममा अतिथिहरूमा युवा नेता अजय थापा, ज्ञानाेदय प्राविका प्रअ लक्ष्मण रायमाझी,रामप्रित मिश्रा रहनु भएकाे थियाे ।