बिहिबार, बैशाख ६, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्ध आविमा लगाइएको ताला खुल्यो, रिक्त पदपुर्तिका लागि विज्ञापन गर्ने

रातो प्रेस संवाददाता, सिद्धारा ।

अर्घाखाँचीकाे शितगंगा नगरपालिका वडा नं. ११ लुंग्री स्थित बुद्ध आधारभूत विद्यालयमा लगाएको ताला आज खोलीएको छ । जनप्रतिनिधी र प्रशासन सहितकाे राेहबरमा विद्यालयकाे ताला खाेलीएकाे हाे ।

रिक्त रहेको शिक्षक दरबन्दीमा विज्ञापन खुलाउने वा सरूवा समर्थन गर्ने विषयमा गएको मंगलबार बसेकाे विद्यालय व्यवस्थापन समितीको बैठकमा निर्णय हुन नसकेपछि अभिभावकहरूले विद्यालयमा तालाबन्दी गरेका थिए ।

आज बसेको विद्यालय व्यवस्थापन समितिले रिक्त रहेको शिक्षक दरबन्दीमा विज्ञापन खुलाउने निर्णय गरेको विद्यालयका प्रअ पोमनारायण बेल्बासेले राताे प्रेसलाइ बताए ।

वडाका जनप्रतिनिधी, विद्यालय व्यवस्थापन समिति र अभिभावक,प्र शासन सहितकाे संयुक्त बैठकपछि विद्यालयको ताला खोलिएको प्रधानध्यापक बेल्बासेले बताए । उनका अनुसार रिक्त पदमा विज्ञापन खोल्ने निर्णय भएको बताइएको छ ।