शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शिवादह माध्यमिक विद्यालयमा बस्यो अभिभावक भेला

बिक्रम आचार्य, रातो प्रेस ।

अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ६ स्थित शिवादह माध्यमिक विद्यालयमा आईतबार अभिभावक भेला बसेको छ ।

स्रोत व्यक्ति खडानन्द भुसालको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि वडा नं. ६ का अध्यक्ष रिषी रेश्मी रहेका थिए ।

त्यस्तै  भेलामा वडा सदस्य गोविन्द पोख्रेल, शोभा विक, माओवादी केन्द्रका नेता मनिराम अधिकारी, नेपाली कांग्रेसका मेघराज आचार्य , एमालेका खेमराज पोख्रेल, राष्ट्रिय जनमोर्चाका विष्णु आचार्य लगाएतको उपस्थिती रहेको थिए ।

भेलामा वडा अध्यक्ष रेश्मीले विद्यालयको विकासका लागि अभिभावक नै सचेत र जागरूक हुनुपर्ने बताएका छन । बालबालिकाको भविष्य निर्माण गर्ने जिम्मेवारी शिक्षक र अभिभावकको हातमा रहेको भन्दै सबैले सजक र जिम्मेवार हुन आवश्यक रहेको औल्याए । विद्यालयमा त्रिपक्षीय सम्बन्ध राम्रो नभए विद्यालयले प्रगति गर्न नसक्ने बताए । सामुदायिक विद्यालयमा अभिभावकको चासो नहुनुले बालबालिकाको शैक्षिक विकासमा समस्या हुने गरेको रेश्मीले बताए ।

सोही भेलाले विद्यालय व्यवस्थापन समिति ३ दिन भित्र गठन गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ । अभिभावक भेला आह्वान गर्ने निर्णय गरेको छ । त्यस्तै विद्यालयमा भएका विभिन्न योजना र त्यससम्बन्धी सूचना तथा जानकारीका विषयमा पनि छलफल भएको छ ।

औपचारीक भेलाको संचालन विद्यालयका प्रअ गिरी बहादुर थापाले गरेका थिए ।