शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा नगरपालिका ८ का किसान कृषि क्षेत्रमा आकर्षित हुदैँ (भिडियाे सहित)

गणेश बेल्बासे संगम, रातो प्रेस ।

अर्घाखाँचीः लुम्बिनी प्रदेशको अर्घाखाँची एक पहाडी जिल्ला हो । प्राकृतिक रुपमा मनमोहक यस जिल्ला भित्र पर्ने शितगंगा नगरपालिका भौगोलिक रुपमा देशकै सबै भन्दा ठुलो नगरपालिकाको रुपमा परिचित छ । यस नगरपालिकामा साविकको ७ वटा गाविस मध्ये जलुके गाविसलाई नगरपालिका बनेपछि हाल २ वटा वडामा विभाजन गरीएको छ । त्यस मध्येको वडा नम्बर ८ कृषि क्षेत्रमा सम्भावना बोकेको यो वडा प्राकृतिक सुन्दरताले समेत भरिपुर्ण रहेको छ । यो वडा नेपालकै ठुला नदि मध्येको राप्ती नदिको किनारमा अवस्थित छ ।

 

सामाजिक  कार्यमा लगनशील एवं विकास निर्माणको कार्यमा सकृय व्यक्ती रुक बहादुर आले सहितका जन प्रतिनीधिहरु निर्वाचित भएर आए पश्चात वडामा बसोबास गर्ने स्थानियको जिवनस्तरलाई माथि उठाउन विभिन्न विकास निर्माण कार्यसँगै कृषि कार्यक्रम संचालन भइ रहेका छन । जसले वडाबासीको आर्थिक अवस्था माथि उठाउन मद्धत पुगेको छ ।

ward 8

वडालाई समृद्ध बनाउनुका साथै विकास, सुशासन तथा हरेक कृयाकलापमा सहभागी बनाउन जनप्रतिनिधीमात्र सम्भव नहुने तथ्यलाई मनन गर्दै वडाले हरेक कृयाकलापमा विभिन्न पार्टी, संघ संस्थाका प्रतिनिधी, स्थानिय बुद्धिजिवी, समाजसेवी तथा संचारमाध्यमको सहयोगमा कार्यक्रम संचालन गर्दै आएको छ । साथैे कृषि क्षेत्रलाई बढवा दिन वडाले विभिन्न योजनालाई अगाडी बढाइ रहेको छ ।

वडाले प्रत्येक गाँउ टोललाई जोड्ने कृषि सडक सञ्जालको निर्माणलाई तिब्रता दिएको छ । स्थानिय क्षेत्रका उत्पादन भएका कृषि उपजलाई बजार सम्म पुराउन सहयोग पुग्ने विश्वास लिएको छ । वडालाई कृषि उपजमा आत्मनिर्भर बनाउने लक्ष्यलाई ईटा थप्ने काम गरेको छ । नगरपालिकाले उत्पादनको आधारमा वितरण गरीने कार्यक्रमलाई सफल बनाउन वडाले कृषि क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ ।

शितगंगा नगरपालिका वडा नम्बर ८ मा व्यवसायिक कृषि तथा पशुपालनबाट किसानहरुले मनग्य आम्दानी गर्न थालेका छन । स्थानिय सरकारबाट अनुदान स्वरुप सहयोग मिल्न थालेपछि किसानहरुले फर्म दर्ता गरेर कृषि तथा पशुपालन गर्न सुरु गरेका हुन् । कृषि तथा पशुपालनलाई व्यवसायीक रुपमा अगाडी बढाएसँगै वडाका किसानहरु आत्मनिर्भर बन्न थालेका छन । अन्य व्यवसाय भन्दा थोरै लगानी र परिश्रमबाट मनग्य आम्दानी हुने भएपछि कृषितर्फ किसानहरुको आकर्षण बढ्दो छ  । शितगंगा नगरपालिका वडा नम्बर ८ संगको सहकार्यमा कृषि क्षेत्रलाई व्यवसायीक रुपमा अंगालेका केही किसानहरुको अनुभव एवं सफलतालाई समेटेर तयार पारिएको एक स्थलगत रिपोट तयार पारिएकाे छ ।

उन्नत जातका कुखुरापालन बढेको बेला यहाँका एक किसानले पनि स्थानीय जातको कुखुराको व्यावसायिक पालन गरिरहनु भएको छ । शितगंगा नगरपालिका–८ लाहापेका यागेश्वर गिरीले लाेकल कुखुरापालन सुरू गरेका छन । गिरीले ३ वर्ष देखि व्यावसायिक कुखुरापालन सुरु गर्नु भएकाे थियाे । उहाँको ‘फार्म’ मा अहिले २ हजारभन्दा बढी लाेकल जातका कुखुरा छन् । ‘ह्याचरी’ बाट चल्ला उत्पादन समेत गरेका छन । घरायसी प्रयोगका लागि अण्डा माग गर्नेको संख्या पनि बढ्दो छ । विभिन्न ठाँउबाट  चल्लाको माग आइरहेको र लाेकल जातका कुखुरापालनमा बिस्तारै आकर्षण बढ्दैछ । लाेकल कुखुराको मासु र अण्डा स्वादिष्ट तथा स्वस्थकर हुने हुँदा उपभोक्ताले रुचाएका हुन् । भालुवाङ,  लमही, तुल्सीपुर बजारमा होटल, रेष्टुरेन्टमा मासुका रूपमा कुखुरा बढी खपत हुन्छ । अन्य जातको भन्दा स्थानीय जातको कुखुराको मूल्य झण्डै दोब्बर छ । अण्डा २० रुपैयाँ र एक साताको चल्ला १ सय २५ रुपैयाँमा बिक्री हुँदै आएको छ । कुखुराले दैनिक ४ सय भन्दा बढी अण्डा दिन्छ । कुखुरापालनलाई थप व्यवस्थित र विस्तार गर्ने योजना उहाँको छ । कुखुरापालनका लागि उहाँले करिब पचास लाख लगानी गर्नुभएकाे छ। गिरीलाई कृषि पेशामा श्रीमती यमुनाले पनि सघाउँदै आउनुभएको छ । कृषिबाटै परिवारलाई आत्मनिर्भर बनाउने लक्ष्यसहित व्यावसायिक कृषिमा लागेको गिरीको भनाइ छ । व्यवसाय बढाएपछि अन्य व्यक्तिलाई पनि रोजगारी दिन सकिने उहाँले योजना बनाउनु भएकाे छ । बजार नजिकै रहेकाले कुखुरा र अन्य कृषि उत्पादन बेच्न कुनै समस्या छैन ।

शितगंगा नगरपालिका वडा नम्बर ८ का एक जना सानै उमेरदेखि परदेशीन सूरु गरेका किसानले स्वदेशमा आई अहिले तरकारी खेतीबाट राम्रो आम्दानी गर्दै आउनु भएको छ । सोही वडाको लाहापे निवासी ४७ वर्षिय राज बहादुर बिटालु साथी भाईको लहलहैमा लागेर १७ बर्षको उमेरमा उहाँ भारत जानु भएको थियो । भारतमा करिब १० बर्ष बिताउनु भएका उहाँको कुनै प्रगति नभए पछि भिसा लगाएर उहाँ खाँडी मुलुकमा पस्नु भयो । उहाँले करिब १० वर्ष कतार र करिब ४ वर्ष साउदीमा बिताउनु भयो । अन्तत परदेशमै आफ्नो पुरा जिवनको आधा उमेर बिताउनु भएका राज बहादुरले पछिल्लो समय आफ्नै माटोमा केही गर्ने निधो गर्नु भयो । त्यसपछि उहाँले अहिले करिब ८ रोपनी जग्गामा टमाटर खेती सुरु गर्नु भएको छ ।

परदेशमा गइ दुख गर्नुभन्दा आफ्नै गाउँमा बसेर केही गर्न सकिन्छ भन्ने आत्मविश्वासका साथ एक युवाले गाउंमै बंगुर फार्म खोल्नु भएको छ । मेहनत गर्न सक्दा र काममा खटियो भने विदेशमा कमाउने भन्दा दोब्बर गाउँघरमै कमाउन सकिने उहाँको अनुभव छ ।

युवाहरु रोजगारीका शिलशिलामा विदेश पलायन भइरेहका बेला शितगंगा नगरपालिका ८ लाहापेका ३८ बर्षिय लक्ष्मी बहादुर कुमालले भने स्वदेशमै व्यावसायिक रूपमा बङ्गुर पालन गरी मनग्य आम्दानी गर्न सफल हुनु भएको छ । करिब १२ बर्षसम्म भारतमा बिताएका कुमालले सिरिस पशुपन्छि फर्म स्थापना गरी व्यवसायिक रुपमा उन्नत जातका बङ्गुर पालन शुरू गर्नु भएको छ ।

करीब १ रोपनी क्षेत्रफलमा फर्म बनाइ व्यवसायिक बङ्गुर पालन व्यवसाय गर्नु भएको छ । उहाँले र्फममा विभिन्न जातका १० ओेटा बङ्गुर पाल्नु भएको छ । ३ वर्षअघि १ लाख रुपैयाँ लगानीबाट शुरू उक्त फर्ममा अहिले १० लाख रुपैयाँभन्दा बढी लगानी भइसकेको कृषक कुमालले बताउनु भयो ।

केही वर्ष अघिसम्म सामान्य रूपमा बङ्गुर पाल्नु भएका उहाँले अहिले त्यसबाट मनग्य आम्दानी हुन थालेपछि आफु व्यावसायिक बङ्गुर पालनतर्फ आकर्षित भएको उहाँले बताउनु भयो । बिहान देखि बेलुकासम्म आफ्नै बङ्गुर फर्ममा खट्ने गर्नु भएको छ । पछिल्लो समय उहाँले व्यवस्थापनमा लाग्ने सबै खर्च कटाएर मासिक २० देखि ३० हजार रुपैयाँसम्म बचत गर्नु भएको छ । बङ्गुरको उत्पादन बढ्न थालेपछी उहाँले नयाँ खोर समेत बनाउन सुरु गर्नु भएको छ ।

गाँउ घरमा बङ्गुरको पाठापाठी र मासुको माग अत्यधिक बढेको उहाँले बताउनु भयो । उहाँको फर्मबाट अहिले उन्नत जातका बङ्गुरका पाठापाठी उत्पादन हुने गरेको छ । सम्बन्धित निकायको सहयोग व्यवसायलाई विस्तार गर्ने योजनामा रहेको उहाँले बताउनु भयो ।

पाठापाठी उत्पादनका लागि फर्ममा विभिन्न उन्नत जातका १० ओटा माउ बङ्गुर पाल्नु भएको छ । एउटा माउ बङ्गुरले एकपटकका ८ देखि १० ओटासम्म पाठापाठी पाउँछन । राम्रोसँग पालनपोषण र आहार दिन सकेमा बङ्गुरले १५ महिनामा ३ पटक बच्चा उत्पादन गर्न सक्ने उहाँको भनाइ छ । स्थानीय बजारमा पाठापाठीको वढी माग र फाइदा पनि धेरै हुने भएका कारण यो व्यवसाय निकै राम्रो भएको उहाँको ठहर छ ।

जन्मिएको ४० दिनभित्र पाठापाठी विक्री गर्न योग्य हुने बताउनु भयो । विक्री गर्न योग्य भएका पाठापाठीलाई प्रतिगोटा ५ हजार रुपैयाँसम्म विक्री गर्ने गरेको उहाँले बताउनु भयो । स्थानिय स्तरमै बङ्गुरको पाठापाठीको माग अत्यधिक बढेको छ तर माग अनुसार पाठापाठी पुर्याउन नसकेको उहाँले बताउनु भयो ।

त्यस्तै सोही वडाको बढिदमार (छत्तिओन) बस्ने ३७ बर्षका तेज बहादुर पुन पनि ५ वर्ष भारत र ३ वर्ष कतारमा विताउनु भयो । अहिले उहाँले व्यवसायिक रुपमा थोरै थोरै गरी बंगुर पालन, बाख्रा पालन, कुखुरा पालन, केरा खेती र तरकारी खेतीबाट गाउघरमै राम्रा्े आम्दानी गर्न सफल हुनु भएको छ ।

त्यस्तै सोही वडाको बढिदमार (छत्तिओन) बस्ने २७ बर्षका दिपक श्रेष्ठ पनि ३ वर्ष भारत, ३ वर्ष मलेसिया र ३ वर्ष साउदीमा विताउनु भयो । दांगको घोराहीमा करिब १ वर्ष होटेल समेत गर्नु भएको उहाँको त्यसबाट कुनै प्रगती नदेखीएपछि अहिले उहाँले व्यवसायिक रुपमा बाख्रा पालन तथा केरा खेती सूरु गर्नु भएको हो । करिब २ बर्षदेखि ५ वटा बाख्राबाट सुरु गर्नु भएका श्रेष्ठले अहिले करिब ६० भन्दा बढी बाख्रा पाल्नु भएको छ । श्रेष्ठ कृषि तथा पशुपन्छि फर्म खोली बाख्रा पालन तथा केरा खेती गर्न सुरु गर्नु भएको हो ।  उहाँले करिब १५ रोपनीमा केरा खेती समेत अगाडी बढाउनुृ भएको छ ।

त्यस्तै सोही वडाको तिनखन्डेमा बस्ने टेक बहादुर दर्लामी पनि कृषि क्षेत्रमा आर्कषित हुनु भएको छ । उहाँले उन्नत जातको कुखुरा पालन तथा तरकारी खेती गर्दै आउनु भएको छ । उहाँले कृषि क्षेत्रलाई व्यवसायिक रुपमा अगाडी बढाई आत्मनिर्भर बन्दै आउनु भएको छ ।

त्यस्तै सोही वडाको तिनखन्डेमा बस्ने थम्मन बहादुर डालाले व्यवसायिक रुपमा बाख्रा पालन सूरु गर्नु भएको छ । उहाँले बाख्रा पालनबाटै आफ्नो घर खर्च चलाउदै आउनु भएको छ । उहाँको परिवार बाख्रा पालनबाट आत्मनिर्भर बनेको छ ।

त्यस्तै सोही वडाको तिनखन्डेमा बस्ने बुद्धिसरा रानाले पनि व्यवसायिक रुपमा बाख्रा पालन सूरु गर्नु भएको छ । उहाँले बाख्रा पालनबाटै आफ्नो घर खर्च चलाउदै आउनु भएको छ । उहाँको परिवार पनि बाख्रा पालनबाट आत्मनिर्भर बनेको छ ।

त्यस्तै शितगंगा नगरपालिका ८ का अर्का एक जना युवाले पनि कृषि क्षेत्रलाई अगाडी बढाउन सुरु गर्नु भएको छ । पछिल्लो समय उहाँले परम्परागत खेतीलाई छाडी केरा खेती सुरु गर्नु भएको हो । उहाँ हुनुहुन्छ , ३० बर्षिय जस बहादुर रोकाया । उहाँले कृषी फर्म स्थापना गरी व्यवसायीक केरा खेतीको विस्तारसँगै गाउँमै बसी आम्दानी गर्ने सोच गराउनु भएको छ । ५ रोपनीबाट केरा खेती सूरु गर्नु भएको उहाँले त्यसको क्षेत्रफललाई बढाउने तयारी गर्नु भएको छ ।

त्यस्तै सोही वडाको तिनखन्डे निवासी एवं वडा सदस्य शोभाराम घर्तीले पनि व्यवसायिक रुपमा बाख्रा पालन गर्दै आउनु भएको छ । विगत २ बर्षदेखि सुरु गर्नु भएका घर्तीले अहिले करिब ३५ भन्दा बढी बाख्रा पाल्नु भएको छ । उहाँले आफ्नो व्यवसायलाई बढाउदै लैजाने सोचमा रहेको बताउनु भयो ।

आफ्नो उर्भर भुमिलाई बाँझो बनाएर परदेशीएका ग्रामिण क्षेत्रका युवाहरुले जिवनस्तर उकास्न नसकिरहेको परिपेक्षमा स्थानिय क्षेत्रमा यी प्रतिनिधीमुलक किसानहरुको अनुभव र सफलतामा आधारीत जिवन कथाबाट केहि सिक्ने होकी ।।

याे समाचार कुनै पनि मिडियालाइ अनुमति दिइएकाे छैन ।

तलकाे लिङ्क खाेली पुरा भिडियाे हेर्नुहाेलाः