शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा ११ मा विद्यालय मर्मतका लागि प्रतिबद्धता जनाएका जनप्रतिनिधीले देखाएनन चासो

एमपी बेल्बासे, रातो प्रेस ।
विद्यालय भवन जिर्ण बन्दा शितगंगा ११ खयरभट्टी स्थित शम्भु आधारभूत विद्यालयको पठनपाठनमा समस्या परेको छ । कक्षाकाेठाकाे अभावमा दैनिक पठनपाठनमा समस्या परेकाे हाे ।

विद्यालयकाे अवस्थाकाे बारेमा जानकारी तथा अवलाेकनका लागि विद्यालयमा निमन्त्रणा गरिएकाे थियाे । सरस्वती पुजाको अवसरमा विद्यालयले आयोजना गरेको कार्यक्रममा अामन्त्रित भएका शितगंगा ११ का वडा अध्यक्ष कपिल आले, वडा सदस्य इन्द्र बहादुर पल्ली र अर्का सदस्य गणेश पुलामीले विद्यालयको मर्मतका लागि चासो देखाएका थिए । कार्यक्रमका सन्दर्भमा विद्यालयमा आएका ति प्रतिनिधीहरुले मर्मतका लागि वडाबाट अवश्यक सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

 

वडा सदस्य ईन्द्र बहादुर पल्ली र गणेश पुलामीले शिक्षकहरू सँगकाे कुराकानीका क्रममा वडाबाट दिइने सामाग्री अपुग भए आफुहरुको भत्ताबाट काटेर समेत सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

सब-ओभरसियर विवेक पन्थीले हप्ता दिनमै प्राविधिक इस्टीमेट गरी आवश्यक सिमेन्ट र बालु गिट्टी निर्माणका लागि पठाउने बताएका थिए । तर आज १ महिना पुग्दासम्म पनि कुनै चासो देखाएनन ।

केही दिन अघि गारो चर्किएर भत्किन थालेपछि विद्यार्थीहरुलाई एउटै कोठामा राखी पठन पाठन गरिएको छ ।

२०६७ सालमा बनाइएको विद्यालय भवन २०७२ सालको भुकम्पले कक्षाकोठामा गरिएको ढलाई उप्किएको विद्यालयका प्रधानाध्यापक टेकलाल शर्माले बताए । विद्यालयले २ वटा ब्लकलाई पाटेशन गरी कक्षा संचालन गर्दै आएको थियो । भूकम्पले पुरै कक्षाकोठा चर्काएको छ । पत्र पत्र भई ढलाई गरेको भुई भत्किन सुरू गरेको विद्यालयका प्रअ शर्माले बताए । अहिले भौतिक संरचनाको अवस्था नाजुक बनेको उनले बताए । विद्यालय मर्मत गर्न स्थानिय तहले कुनै चासो नदिदाँ समस्या भएको उनले बताए ।

विद्यालय भवनको केहि भागको गारो पनि चर्किएको हुदाँ कक्षा कोठामा बस्न जोखिम भएको छ । भूकम्पले क्षती पुराएका अर्घाखाँचीका अधिकाशं विद्यालयका भवन बनिसकेका छन। सम्बन्धित निकायको पटक पटक ध्यानाकर्षण गर्दा पनि शम्भु आवि खयरभट्टीको भवन निर्माणको लागि कसैले पहल नगरेको शिक्षक गणेश बेल्बासेले बताए ।

अन्य वडाका विद्यालय सुविधा सम्पन्न बनिसक्दा यस विद्यालयमा भने पुरानै अवस्थामा रहनु परेको प्रअ शर्मा बताउछन् । विद्यालय बनाइदिन भूकम्प पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ अर्घाखाँची समक्ष माग पनि गरिएको उनले बताए ।

शम्भु आविमा ४ दरबन्दी १ राहत शिक्षक छन भने ६२ जना विद्यार्थी अध्ययनरत छन् ।

शिक्षा जस्तो बिषयमा स्थानिय तहले वेवास्ता गर्दा वडाको समृद्धिको लागि हिडेका जनप्रतिनिधीहरुबाट अरु विकासको सवालमा के अपेक्षा गर्ने त ?