बिहिबार, चैत्र २६, २०७७

कपिलवस्तु नगरपालिकामा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्‌घाटन

धनी राम काेरी, कपिलवस्तु ।

कपिलवस्तुकाे कपिलवस्तु नगरपालिकामा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बुद्ध पद्यम माध्यमिक विद्यालयकाे प्राङगणमा आज मंगलबाट सुरु भएको छ ।

नेपाली काङग्रेसका केन्द्रिय सदस्य दिपकुमार उपाध्यायको प्रमुख आतिथ्यतामा खेल सुरु भएको छ । कार्यक्रममा बोल्दै उपाध्यायले खेलले विद्यार्थी र समाजलाई राष्ट्रिय एकतामा जाेड्ने बताउनु भयो ।

प्रतियोगिताबाट प्रतिभालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चिनाउन सकिने विश्वास लिएको छ ।

कपिलवस्तु नगरपालिकाका प्रमुख किरण सिंहकाे अध्यक्षता र नेपाली कंग्रेस पार्टीका केन्द्रीय सदस्य दिप कुमार उपाध्यक्षकाे प्रमुख अतिथित्यामा कपिलवस्तु नगरपालिका मा तेस्रो नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । उपाध्यक्षले रेवान काटेर तेस्रो नगर स्तरीय रनिङ्ग शिल्ड प्रतियोगिता २०७७ काे उद्घाटन गर्नु भयो ।

उक्त कार्यक्रममा नेपाली कंग्रेस पार्टीका केन्द्रीय सदस्य दिप कुमार उपाध्यक्ष, कपिलवस्तु नगरपालिका का प्रमुख किरण सिंह, उपप्रमुख लक्ष्मी गुप्ता, वडा अध्यक्षहरु सुदीप पाैडेल, रुद्र बहादुर (प्रकाश) गैरै, शिव बहादुर वाग्ले लगायत सञ्चारकर्मीहरुकाे उपस्थिति रहेको थियो ।

कार्यक्रमकाे संचालन कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत/ सुचना अधिकृत पदम राज श्रेष्ठले गर्नु भएको थियोे ।