शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

स्थानीय उत्पादनको बजारीकरण गर्न अमराइमा सुरु भयो हाट बजार (फाेटाे फिचर सहित)

गणेश बेल्बासे संगम, ठाडा ।
स्थानीय स्तरमा उत्पादन गरिएका बस्तुहरुको बजारीकरण गर्नका लागी अर्घाखाँचीको शितगंगामा स्थानीयले हाट बजार लगाउन थालेका छन् । शितगंगा नगरपालिका वडा नं. ४ अमराईमा हिजाे शनिबारबाट हाट बजार लगाउन थालिएको हो ।
किसानहरुले उत्पादन गरेको कृषि उपजहरुको बजारिकरण गर्ने उद्देश्यले अमराईमा हाट बजार सुरु गरिएको छ ।
पहिलो दिन लागेको हाट बजारमा त्यस क्षेत्रका किसानहरुले आलु, काउली, टमाटार, प्याज, लसुन, खुर्सानी,  मासु जन्य अन्तर्गत माछा लगाएतका कृषि उपजहरु ल्याएका थिए । हाट बजारकाे प्रचार प्रसार भयाे भने स्थानीय सामग्री आउने क्रम बढ्ने बजारमा अाएका उपभाेक्ताहरूकाे अपेक्षा छ । यस हाट बजारबाट वडा नं. १, २, ३, ४, ५, ६, ७, ९, १०, ११, १२, १३ लगाएतका वडाका वासिन्दाहरु लाभान्वित हुने आशा लिईएको छ ।
हाट बजारले स्थानिय स्तरमा उत्पादन भएका बस्तुहरु र कृषि जन्य पदार्थहरु बिक्रि वितरणमा सहज हुने र प्रचार प्रसारमा टेवा पुग्ने उद्योग वाणिज्य संघका उपाध्यक्ष अर्जुन बुढा मगरले राताे प्रेस डटकमलाइ बताउनु भयो ।
बजारमा सहभागी उपभाेक्ताहरूकाे प्रतिकृया अनुसार बजारमा कृषि जन्य बस्तुहरू सस्ताे मुल्यमा पाएका बताएका छन । बजारले उत्पादन गर्ने कृषक र किनेर खाने र उपभाेक्ता दुबैलाइ फाइदा भएकाे बताएका छन । अब प्रत्येक साताको शनिबार हाट बजार लाग्नेछ ।