बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

फागुन २३ गतेदेखि ५५ वर्ष माथिका नागरिकले खोप पाउने

काठमाडौँ । सरकारले ५५ वर्ष माथिका नागरिकले जो जहाँ छन्, त्यहिँबाट खोप पाउने भएकाले कसैलाई पनि भ्रममा नपर्न अनुरोध गरेको छ।
फागुन २३ गतेदेखि सुरु हुन लागेको दोस्रो चरणको खोप अभियानमा कतिपयले खोप लगाउनका लागि आफ्नै स्थानीय तहमा पुग्नु पर्ने हो कि भन्ने प्रश्न गरिरहेका बेला सरकारले त्यस्तो भ्रममा नपर्न र जाे जहाँ छ त्यहिँ खाेप पाउने बताएकाे हाे।
स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार जो जहाँ छन्, उनीहरुले त्यही खोप लगाउन पाउने छन्। तर त्यसका लागि खोप लगाउन जाँदा सरकारी परिचय पत्र (नगरिकता, मतदाता परिचय पत्र, लाइसेन्स) अनिवार्य रुपमा चाहिने छ।
कोरोना भाइरसविरुद्धको खोप लगाउन एक ठाउँबाट अर्को ठाउँमा जाँदा संक्रमण फैलिने डर र संक्रमण नियन्त्रणका लागि एकै ठाउँमा खोप लगाउनु पर्ने भएकाले सम्बन्धित व्यक्ति आफ्नै स्थानीय तहमै खोप लगाउन पुग्नु नपर्ने भएको हो।
गतेबाट भने ५५ वर्ष माथिका सबै नागरिकलाई दोस्रो प्राथमिकताको पहिलो चरणको खोप अभियान सुरु गरिने भएको छ।
पहिलो र दोस्रो प्राथमिकतामा परेको समूह गरि कुल जनसङ्ख्यामा २० प्रतिशतलाई कोरोना भाइरसविरुद्धको खोप उपलब्ध गराउने सरकारको तयारी छ।
यस्तै पहिलो डोज लगाएका सबै व्यक्तिलाई १० देखि १२ हप्ता पुगेपछि दोस्रो डोज दिने मन्त्रालयले जनाएको छ।