बुधबार, बैशाख १२, २०८१

Ratopress

Advertisment

SKIP THIS

बुद्धभूमिले पारित गर्याे विद्यालय समायोजन तथा दरवन्दी मिलान कार्यविधि

कपिलवस्तु । बुद्धभूमि नगरपालिकाले बुद्धभूमि नगरपालिका द्बारा विद्यालय समायोजन तथा दरवन्दी मिलान कार्यविधि २०७७ पारित गरेको छ । यो कार्य बिधि पारित गर्ने बुद्धुभुमी कपिलवस्तु मै पहिलो पालिका हो । बुढ्ढी स्थित कार्यालयमा भएको कार्यपालिका बैठबाट या कार्यबिधि पारित भएको मेयर केशव कुमार श्रेष्ठले बताउनु भयो ।

यो कार्यबिधि पारित भएसंगै अब पालिका भित्र दरबन्दी मिलान, समायोजनको समेत बाटा् खुलेको मेयर श्रेष्ठले बताउनु भयो । आधारभूत तहमा विद्यार्थी संख्या र माध्यमिक तहमा विषयगत शिक्षकको दरबन्दी मिलान गर्न कार्यबिधि पारित भएको प्रमुख प्रशाकीय अधिकृत अनिल पौडेलले बताउनु भयो ।

शिक्षकको दरबन्दी मिलान गर्ने, प्रति कक्षा न्यूनतम २० जना विद्यार्थी संख्या नभएमा कक्षा घटाउने वा समायोजन गर्ने भन्ने निर्णय गर्न नजिकको विद्यालय जान लाग्ने समय र दुरी समेतलाई ख्याल गरी विद्यालय समयोजना गर्ने गरी कार्यबिध पास भएको हो ।

राजपत्रमा प्रकाशन भए पश्चात पूर्ण रूपमा कार्यान्वयनमा लगिने छ । यस कार्यविधिको कार्यान्यनबाट दरबन्दी न्यून भएका विद्यालयहरूले दरबन्दी प्राप्त गर्न सक्ने, नगरलाई आवश्यक पर्ने न्यूनतम शिक्षक दरबन्दी संख्या यकिन हुने र राष्ट्रिय रूपमा दरबन्दी मिलानको क्रममा आवश्यक पर्ने तहगत रूपमा शिक्षक दरबन्दी माग गर्न सहयोग पुग्ने उम मेयर मीरा थारुले बताउनु भयो ।