शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

ओलीको पक्षमा ९२ सांसद पुग्छन्, अबको प्रधानमन्त्री पनि उहाँ नै हो : महेश बस्नेत

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका प्रभावशाली नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा भोलिबाट ९२ जना सांसद पुग्ने दाबी गरेका छन् ।

उनले अबको प्रधानमन्त्री पनि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै हुने दाबी गरे । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता बस्नेतले जतिसक्दो पार्टी फुटाएर भएका सांसदहरु जोगाउनका लागि दाहाल–नेपाल समूहलाई सुझावसमेत दिएका छन् ।

 

उनले भने, ‘जतिसक्दो चाँडो पार्टी फूटाएर आफ्नो समूहमा भएका सांसदहरु जोगाउनुहोस् ।’ त्यस्तै, उनले भोलिबाट ओली पक्षमा ९२ जना सांसद पुग्ने पनि ठोकुवा गरे । र, केही दिनभित्रै ओलीको पक्षमा ११५ जना सांसद पुग्ने पनि उनले दाबी गरे ।