शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

अर्घाखाँचीभर कालो पत्रे गर्न टेन्डर आह्वान

अर्घाखाँची । अर्घाखाँची जिल्लाको बल्कोट-रिडी, सन्धिखर्क-अर्घा, मिर्लिङकोट-अर्घा, हिले – बामरुक, सालझण्डी ढोरपाटन सडक, शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको सापमारा सडकमा कालो पत्रे हुने भएको छ ।
जिल्लाको बल्कोट – रिडी, सन्धिखर्क – अर्घा मिर्लिङकोट- अर्घा हिले – बामरुक, सालझण्डी ढोरपाटन सडक, शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको सापमारा सडकमा कालो पत्रे गर्न  टेन्डर आह्वान भएको हो ।
जसमा रिडी– बल्कोट २६.६७ किलोमिटर सडक कालो पत्रे गर्न १.४९५ अर्ब, सालझण्डी ढोरपाटन सडकको लागी ५१ करोड साथै पिचका लागि थप २२ करोड, सन्धिखर्क – अर्घा मिर्लिङकोट- अर्घा हिले – बामरुक २४ लाख ३० हजार, शितगंगा नगरपालिका वार्ड नम्बर ८ जलुकेको सापमारा सडकका लागि ४२ लाख ७३ हजार रुपैयाको  टेन्डर आह्वान भएको छ ।
उर्जा, जलश्राेत तथा सिंचाइ मन्त्री एवं जिल्लाका प्रतिनिधिसभा सांसद टाेपबहादुर रायमाझीको विषेश पहलमा जिल्लाभर कालो पत्रे हुने भएको बताइएको छ ।