बिहिबार, चैत्र २६, २०७७

शितगंगा -११ मौवावारीमा भव्यताका साथ मनाईयो ३९औं मगर दिवश

गणेश बेल्बासे संगम, रातो प्रेस डटकम ।

३९औं मगर दिवस अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नं. ११ मा पनि भव्यताका साथ मनाइएको छ । नेपाल मगर संघ वडा समिती वडा नं. ११ को आयोजनामा वडाको मौवाबारीमा मगर दिवस मनाइएको हो ।

मगर दिवसको अवसरमा वडामा रहेका मगर समुदायले आफ्नो पहिचान झल्काउने भेषभुषा सहित नाचगान गरेका थिए । मगर भेषभुषामा सजिएका मगर समदायले नाचगान गर्दै रमाउँदै मगर दिवस मनाएका हुन ।

कार्यक्रम मगर संघ वडा नं. ११ का अध्यक्ष कृष्ण बहादुर पुनको अध्यक्षता नेपाल मगर संघ जिल्ला समन्वय समिति सदस्य जेबी दर्लामी मगरको प्रमुख आतिथ्यता, वडा अध्यक्ष कपिल आले र कर्ण बहादुर रजालीको विशिष्ट आतिथ्या रहेको थियो ।

हरी पल्लीको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन विक्रम पल्लीले गर्नु भएको थियो ।