शनिबार, बैशाख ८, २०८१

Ratopress

Advertisment

SKIP THIS

शितगंगा-९ मा पनि कार्यक्रम गरी मनाईयो मगर दिवस

गणेश बेल्बासे संगम, रातो प्रेस डटकम ।

नेपाल मगर संघको ३९ औं स्थापना दिवसको अवसरमा आज शनिबार एक कार्यक्रम गरी मनाईएको छ ।

३९ औँ मगर संघ एकता दिवसको उपलक्ष्यमा नेपाल मगर सघं वडा नं. ९ को आयोजनामा सिलिङखोलामा मनाईएको हो ।

मगर समुदायको इतिहास मौलिकता र सस्कृतिलाई सम्बर्धन संरक्षण गर्दै एकताबद्ध गराउने उद्देश्यले आयोजित कार्यक्रममा प्रमुख अतिथी नेपाल मगर संघ लुम्बिनी प्रदेश सदस्य ऋषी बहादुर पुलामी मगर, विशिष्ट अतिथी शितगंगा नगर अध्यक्ष मान बहादुर सारू मगर, वडा अध्यक्ष भिम बहादुर केसी रहनु भएको थियो । त्यस्तै अतिथीमा वडा सदस्य खुम बहादुर लुईचे, डिलिसरा राना मगर, सातमारा प्रहरी चौकी प्रमुख लगाएतको उपस्थिती रहेको थियो ।

मगर संघ वडा समितिका सचिव केशव सारुकाे स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रमको संचालन रातो प्रेसका कपिलवस्तु ब्युरो प्रमुख घनु  गाहा मगरले संचालन गर्नु भएको थियो । कार्यक्रम मगर संघ वडाका अध्यक्ष वकिल रानाकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा मगर पहिचान झल्किने विभिन्न पोशाक, नाच, गीत संगित प्रस्तुत गरिएको थियो ।