मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

मगर समुदायद्वारा शितगंगा -२ मा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

झनक केसी, सितापुर ।

शितगंगा नगरपालिका वाड नं. २ सितापुरमा ३९औँ राष्ट्रिय मगर एकता दिवसको उपलक्ष्यमा मगर समुदायद्वारा शुभकामना आदानप्रदान तथा विभिन्न कार्यक्रम सम्पन्न गरेका छन।

कार्यक्रमका अध्यक्षता शितगंगा वाड नं. २ मगर संघका अध्यक्ष कृष्ण रास्कोटी, प्रमुख अतिथी जिल्ला मगर संघका पुर्व सदस्य यादब सिंह आलेको आतिथ्यमा बम बहादुर आलेको संचालकमा सितापुर २ डुर्णकोट्टाको माइकाथान मन्दिरको प्राङ्गणमा विभिन्न गाउँ तथा बजारबाट मगर भेषभुषामा सझिएका आमाबुवा दाजुभाई दिदिबैनीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो।

दिवसको पावन अवसरमा विभिन्न खानाका परिकार, बटुक सेलरोटि माछा, कुखुराको मासुको परिकार बङुरको मासुको परिकार सहित नाचगान गरेर कार्यक्रमको रौनक बढेको थियो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी आलेले आगामी दिनमा हाम्रो मगर संघले ननयाँ खालको नियम बनाएर लैजाने छ।

यहि मसान्त भित्रमा मासिक रुपमा केही सबैले द्स्तुर उठाउने अनि प्रत्येक बर्ष यस्तै कार्यक्रम सहित मगर दिवस मनाउने अन्य सेवा मुलक काम गर्ने बताउनु भएको थियो।