मङ्लबार, बैशाख ११, २०८१

Ratopress

Advertisment

SKIP THIS

अमराईमा साप्ताहिक हाट बजारकाे उद्घाटन

शितगगंगा। जिल्लाकाे शितगंगा नगरपालिकाकाे अमराईमा अाज साप्ताहिक हाट बजारकाे उद्धघाटन गरिएकाे छ ।

शितगंगा उद्योग वाणिज्य संघकाे अायाेजना तथा शितगंगा नगरपालिकाकाे समन्वयमा साप्ताहिक बजार सँगै विविध साँस्कृतिक कार्यक्रमका साथ हाट बजारकाे उद्धघाटन गरिएकाे हाट बजार व्यवस्थापन समितिका संयाेजक डिल बहादुर गुरुङले जानकारी दिनु भयाे ।

कार्यक्रममा राष्ट्रिय तथा स्थानिय कलाकारहरुले समेत प्रस्तुति रहेकाे थियाे। शितगंगा नगरपालिका भित्रका पसलहरु हरेक हप्ताकाे सनिबार बन्द हुँदै अाएकाेमा अब शनिबार हाटबजार सञ्चालन गर्ने र मगलबार बजार बन्द गर्ने निर्णय भएकाे छ ।

शनिबार बन्दै हुँदै अाएकाे बजार बन्द यथावत राख्न भन्दै अमराइका व्यापारीहरूले उद्याेग वाणिज्य संघमा निवेदन दर्ता गराएका छन । उनिहरुले हस्ताक्षरीत निबेदन सहित साप्ताहिक बजार बन्द शनिबार र अन्य बार हाट बजार सञ्चालन गर्न भनी निवेदन दर्ता भएकाे छ दर्ता भएकाे निवेदन माथी बुधबार छलफल गरि निर्णय गरिने शितगंगा उद्योग वाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनु भयाे ।

साँस्कृतिक कार्यक्रममा लाेक तथा दाेहाेरी गायिका इन्दिरा गैरे, लाेक तथा हाेहाेरी गायक दिनेश पाण्डे, भुवन अधिकारी, राजन अधिकारी शिवजी डान्स ग्रुपकाे परस्तुति रहेकाे थियाे ।