बुधबार, बैशाख १, २०७८

कपिलवस्तुमा ६४४ अाैँ जगत गुरु संत शिराेमणि रविदासजीकाे जन्म जयन्ती मनाइयो

धनीराम काेरी, कपिलवस्तु ।
कपिलवस्तु जिल्लाकाे सदरमुकाम ताैलिहवाकाे बुद्ध पद्म माध्यमिक विद्यालयकाे प्रङ्गणमा ६४४ अाैं जगत गुरु संत शिराेमणि रविदासजीकाे जन्म जयन्ती समारोह भब्य रुपमा मनाइएको छ ।
शिक्षित बनाे, संगठित बनाे र संघर्ष कराे भन्ने मुल नाराकाे साथ जगत गुरु संत शिराेमणि रविदासजीकाे जन्म जयन्ती मनाइएको छ । कार्यक्रमका प्रमुख अतिथि नवलपरासीका राष्ट्रिय सभा सदस्य राम लखन हरिजनले जबसम्म हामी अन्धविश्वासमा रहन्छाै तबसम्म अगाडि बढ्न नसक्ने बतानु भयाे । नेपालमा रहेका सबै पार्टी हरुलाई दलितलाई प्राथमिकता दिनकाे लागि अग्रह गर्नु भयो । कार्यक्रममा अधिकांस वक्ताहरुले जगत गुरु संत शिराेमणि रविदास जीकाे जीवनकाे बारेमा क्रान्तिकारी विचार धाराका रुपमा उनी थिए तर केही व्यक्तिहरुले जगत गुरु संत शिराेमणि रविदास जीलाई संतकाे रुपमा मात्र लिएका छन ।
उनी समाज परिवर्तन कसरी हुन्छ, दलितहरु अधिकार कसरी प्राप्त हुन्छ, समतामूलक समाज निर्माण कसरी हुन्छ, शिक्षित बन्नु, संगठित हुनु र संघर्ष गर्नु हुन्छ अनि अधिकार प्राप्त हुन्छ । नेपाल दिन प्रति दिन बलात्कार काे घटना बढी रहेको छ तर धेरै जसाे दलित का छाेरीहरु किन बलात्कृत हुन्छ । नेपाल सरकारले दलित हरुलाई नराम्रो नजर बाट हेर्दै अाएकाे छ । विस्तारै विस्तारै दलित संगठित हुन्छन् समय लाग्छ ।
उक्त कार्यक्रमका अध्यक्ष इन्द्र प्रसाद बाैद्व, प्रमुख अतिथि नवलपरासीका राष्ट्रिय सभा सदस्य राम लखन हरिजन, विशिष्ट, पुर्व संविधान सभा सदस्य शान्ति देवी हरिजन, अतिथि सर्वोच्च अदालत मा कार्यरत रक्षा राम हरिवन, समाजसेवी राम देव पासी, अधिवक्ता शैलेन्द्र अम्बेडिकर, समाजसेवी राम शरण रैदास, समाजसेवी संजय पासी, पत्रकार लगायत अन्य व्यक्तिहरुकाे उपस्थिति रहेको थियो ।