सांगीतीक संसारमा नयाँ नयाँ अनुहारको प्रवेश हुने क्रम पछिल्लो समय ह्वात्तै बढेको छ । यसै बिच अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वडा नं. ११ सिद्धाराका नभप्रतीभा सुन्दर खनालले अरबपती बाउको एक्लो छोरा बोलको गीत बजारमा ल्याएका छन ।
भावना म्युजिक सोलुसनको अफिसीयल युट्युब च्यानल बाट सार्वजानिक गरीएको यस गीतमा शब्द मेग्जन कठायत, स्वर संगीत सुन्दर खनालको रहेको छ भने अडीयो भवना म्युजिक सोलुसनको रहेको छ ।
गीतको भिडीयोमा टिकटकबाट चर्चामा आएका मोडल बिनोद बस्नेत, मनिषा यादब थापा, आर.सि. गोर्खाली, सुजन घिमीरे र सोमराज तामाङले अभिनयगरेका छन्। अनिल शाहीले निर्देशन गरेको यो भिडीयो नरेश ऐरले छायंकन गरेका हुन्।

सुन्दर खनाल
राजेश कुमारले सम्पादन गरेको यो भिडीयोको पोस्ट प्रोडक्सन प्रेम मुभिज ले गरेको हो भने यस गीतको संपुर्ण डिजिटल अधिकार भावना म्युजिक सोलुसन मा रहेको छ ।
यो गीत सार्वजानिक भएपछि संचारकर्मी हरु संग कुरा कानी गर्ने क्रममा नव उदयिमान गायक सुन्दर खनालले आफ्नो यो पहिलो प्रयासभएकोले केहि कमजोरी भए औल्याईदिन आग्रह गर्दै दर्शक श्रोतानै आफ्नो गीतको न्यायमुर्ती भएको ले यो गीतमा आउने प्रतीकृया अनुसार आफु अगाडी बढ्ने बताए।
यो गीत तयार पार्दासम्म सहयोग हर्ने सबै सहयोगी मन हरुलाई हार्दीक आभार ब्यक्त गर्दै एकपल्ट यो गीत सुनेर र भिडीयो हेरेर प्रतीकृया दिन उनले आम दर्शक श्रोता लाई अनुरोध समेत गरेका छन्।
भिडीयो हेर्न तल क्लिक गर्नुहोस् :