बुधबार, बैशाख १, २०७८

औपचारीक रुपमा आज अमराईमा हाट बजारको उद्‌घाटन हुदै

अर्घाखाँची । शितगंगा नगरपालिकाकाे अमराईमा आजबाट साप्ताहिक हाट बजारको उद्‌घाटन हुने भएकाे छ ।

शितगंगा उद्योग बाणिज्य संघकाे अायाेजना तथा शितगंगा नगरपालिकाकाे सहयाेगमा साप्ताहिक बजार सँगै बिबिध सास्कृतिक कार्यक्रमका साथ हाट बजारकाे उद्धघाटन गर्ने हाट बजार ब्यवस्थापन समितिका संयाेजक डिल बहादुर गुरुङले जानकारी दिनु भयाे ।

आज शनिबार राष्ट्रिय तथा स्थानिय कलाकारहरुले समेत प्रस्तुति रहने छ । शितगंगा नगरपालिका भित्रका पसल हरु हरेक हप्ताकाे सनिबार बन्द हुँदै अाएकाेमा अब सनिबार हाटबजार सञ्चालन गर्ने र मगलबार बजार बन्द गर्ने निर्णय भएकाे छ । सोही अनुसार हाटबजारको उद्धघाटन गर्न लागिएकाे हाे ।

शनिबार बन्दै हुँदै अाएकाे बजार बन्द यथावत राख्न भन्दै अमराइका अधिकांस ब्यापारीले उद्याेग बाणिज्य संघमा निबेदन दर्ता गराएका छन । उनिहरुले हस्ताक्षरीत निबेदन सहित साप्ताहिक बजार बन्द सनिबार र अन्य बार हाट बजार सञ्चालन गर्न भनी निबेदन दर्ता भएकाे छ । दर्ता भएकाे निबेदन माथी बुधबार छलफल गरि निर्णय गरिने शितगंगा उद्योग बाणिज्य संघका अध्यक्ष चिन्ताराज अधिकारीले जानकारी दिनु भयाे ।

सास्कृतिक कार्यक्रममा भाेली लाेक तथा दाेहाेरी गायिका इन्दिरा गैरे, मञ्जु भट्टराई लाेक तथा हाेहाेरी गायक दिनेश पाण्डे, पुष्कर सारु, भुवन अधिकारी, राजन अधिकारी शिबजि डान्स ग्रुप तथा प्रथम शितगंगा डान्स अाइडल प्रथम ४ काे परस्तुति रहने छ ।