शुक्रबार, बैशाख ७, २०८१

Ratopress

Advertisment

SKIP THIS

कपिलवस्तुमा समुदाय र प्रहरीबीच संवाद कार्यक्रम सम्पन्न

धनी राम काेरी, तौलिहवा ।

कपिलवस्तु नगकरपालिकाकाे सभाहालमा समुदाय र प्रहरीबीच सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

प्रहरीकाे काम, कर्तव्य र अधिकारकाे बारेमा, हाम्रो समाजमा भएका परम्परागत मुल्य मान्यताहरु काे बारेमा, बाल बिबाह, रक्सी, महिला हिंसालाई कसरी कम गर्न सकिन्छ । कपिलवस्तु नगरपालिका भित्र समुदाय र प्रहरी बीच सम्वाद कार्यक्रम छलफल भएको थियो ।

सम्वाद कार्यक्रममा प्रहरीले अाम व्यक्तिहरुसंग राम्रो सम्बन्ध बनाएर काम गर्दा सजिलो हुन्छ, छलफल भएको थियो ।

अाम व्यक्तिहरुकाे गर्ने कामकाे बारेमा, घटना किन घट्छ, शिक्षाकाे पहुँचबाट महिला टाढा, मान्छे भएर मान्छेसंग मानवकाे व्यहार गर्नुपर्छ लगाएतका विषयवस्तुमा छलफल भएको थियो ।

समुदाय र प्रहरीबीच सम्वाद कार्यक्रमलाई UKAid , VSO र international Alert मधेस मानव अधिकार गृह (महुरी हाेेम ) संस्थाहरुकाे अार्थिक सहयोग अनि सहज परियाेजना र सामुदायिक सेवा केन्द्र तौलिहवाको संयुक्त रुपमा अायाेजनामा सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेषकान्त पौडेल, कपिलबस्तु नगरपालिका सामाजिक बिकाश अधिकृत पदम राज श्रेष्ठ, कपिलवस्तु नगरपालिका वडा नं. ३ का वडा अध्यक्ष प्रकाश गैरे, वडा नं. का ४ रबेन्द्र प्रसाद तिवारी, वडा नं. १२ का ओम प्रसाद पाण्डेय, वडा प्रहरी कार्यालय तौलिहवाका प्रमुख अभय रावत, सामुदायिक सेवा केन्द्र तौलिहवाका अध्यक्ष देवी प्रसाद बर्मा, प्रहरी सहायक निरीक्षक अवधेश कुमार यादव, प्रहरी जवान देबेन्द्र केसी, जिल्ला प्रहरी कार्यालय कपिलबस्तु ठाडो उजुरी शाखाका प्रहरी जवान राम नारायण गुप्ता, रिखीराम निगम, लगायत अन्य पुरुष र महिलाहरुकाे उपस्थिति पनि रहेको सामाजिक परिचालक लक्ष्मी चाैरसियाले जानकारी दिनु भयो ।